ताजा समाचार

News

इटलीमा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो, १२ जना अझै बेपत्ता

२०७५ श्रावण ३१ बिहिबार
image not found

इटालीको उत्तरी पश्चिम सहर जिनोआमा पक्की पुल भत्किँदा २६ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् ।

अधिकारीहरुले अझै १२ जना व्यक्ति बेपत्ता भएको बताएका छन् ।

पुलमाथिबाट तीव्र गतिमा गुड्दै गरेका कयौं सवारी साधनसमेत खसेका छन् । पुल खस्दा दुर्घटनामा परेकाहरुको खोजी र उद्धारका लागि ३ सय जना परिचालन गरिएको छ । बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

भीषण वर्षा भइरहेका बेला पुल खसेको हो । पुलको सुरक्षाको विषयमा यसअघि पनि प्रश्न उठाइँदै आएको थियो ।

यो पुल सन् १९६० को दशकमा निर्माण भएको हो । उक्त पुलले इटालीको रिभेरा र फ्रान्सको दक्षिण तटीय क्षेत्रलाई जोड्दै आएको थियो ।

पुलको सन् २०१६ मा मर्मत गरिएको थियो । त्यसयता पुलको नियमित अनुगमन गरिँदै आएको बताइएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All