ताजा समाचार

News

कंगोमा इबोलाका कारण थप १० जनाको मृत्यु, २७ को मृत्युमा इबोलाकै शंका

२०७५ श्रावण २६ शनिबार
image not found

 लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप १० जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशंका गरिएको छ ।

दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ बिरामी फेला परेको र अन्य स्थानमा पनि इबोलाको शंकास्पद बिरामी भेटिएको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दशौँ लाख मानिस बस्ने गोमा सहरमा पनि दुई शंकास्पद बिरामी भेटिएको अधिकारीहरूले जनाएका छन् । सन् १९७६ देखि कंगोमा इबोलाको प्रकोप अहिले दशौँ पटक देखिएको हो ।

पहिलो पटक कंगो नजिकै रहेको इबोला नदीमा यो रोगको पुष्टी भएको थियो । अहिलेको प्रकोप दक्षिण किभुको बेनी क्षेत्रमा फैलिएको छ ।

जुन ठाउँ युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्दछ । कंगोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौँको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All