ताजा समाचार

News

एक्सप्लोर अर्थ मुभर्स प्रा.लिको प्रदेश नम्बर ७ मा शाखा स्थापना

२०७५ श्रावण २६ शनिबार
image not found

धनगढी -


बहुर्राष्ट्रिय हेभी ईक्युप्मेण्ट कम्पनी भोल्भो कन्सट्रक्सन ईक्युप्मेण्टका लागि नेपालको आधिकारिक बिक्रेता एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.ले प्रदेश नम्बर सातमा शाखा कार्यालय स्थापना गरेको छ ।

प्रदेश नम्बर सातलाई लक्षित गरी कैलालीको अत्तरीयामा स्थापना गरिएको स्तरीय शाखा कार्यालयको बुधवार एक समारोहका बीच प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघ उपाध्यक्ष भीम बहादुर साँउदले उद्घाटन गरे ।


उद्घाटनपछि निर्माण व्यवसायी तथा हेभी ईक्युप्मेण्ट व्यवसायीहरुसंगको छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि साँउदले देश विकासमा हेभी ईक्युप्मेण्टको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे ।


अधिकांश कम्पनीले बिक्रीमा मात्र जोड दिने गरेको चर्चा गर्दै प्रमुख अतिथि साँउदले एक्सप्लोर अर्थ मुभर्स बिक्रीपछि पनि ग्राहकहरुको सुबिधाका लागि प्रदेश नम्बर सातमा शाखा कार्यालय स्थापना गरेकोमा धन्यवाद दिए ।


एक्सप्लोर अर्थ मुभर्सका प्रबन्ध निर्देशक ईञ्जिनियर सुशिल श्रेष्ठले क्षणिक मुनाफाका लागि नभई ग्राहकको सन्तुष्टी प्राथमिकता रहेको बताए ।


उनले १० हेभी ईक्युप्मेन्ट बराबर एक जना दक्ष मेकानिक राखेको बताउदै कुनै पनि ठाउमा हेभी ईक्युप्मेन्ट बिग्रिए २४ घण्टाभित्र मेकानिक पुग्ने प्रतिबद्धता सुनाए ।


प्रबन्ध निर्देशक श्रेष्ठले भोल्भो विश्वकै प्रतिष्ठित र १८७ वर्ष पुरानो कम्पनी भएको बताए ।कार्यक्रममा भोल्भोको सिंगापुरस्थित रिजनल अफिस ( हव साउथ ईष्ट एसिया) का सिनियर बिजनस म्यानेजर पे जिङ पेङले भोल्भोको ईतिहास, भोल्भोका उत्पादनहरु, भोल्भोको बिशेषताका बारेमा जानकारी दिए ।


एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.का महाप्रबन्धक ज्ञान प्रसाद शर्माले बिक्रीपछि मर्मत, स्पेयर्सका लागि पनि एक्सप्लोर अर्थ मुभर्स प्रा.लि प्रतिबद्ध रहेको बताए ।


कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्ने क्रममा महाप्रबन्धक शर्माले भोल्भो कम्पनीका हेभी ईक्युप्मेण्ट खरीद गर्ने ग्राहकहरुले पछुताउने पर्ने अवस्था नहुने दावी गरे । उनले कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।


कार्यक्रममा एक्सप्लोर अर्थ मुभर्स प्रा.लिका ब्राण्ड तथा मार्केटिङका एसिसटेण्ट म्यानेजर निर्मल कुमार ठाकुरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा निर्माण व्यवसायी बीएस बडैला, कृष्ण बोहरा लगायत भोल्भो खरीदकर्तालाई महाप्रबन्धक शर्माले चाँभी हस्तान्तरण गरे ।


एक्सप्लोर अर्थ मुभर्स प्रा.लि. पञ्चकन्या गु्रपको टे«डिङ विङ हो । उसले अढाई वर्षदेखि भोल्भोका हेभी ईक्युप्मेण्टहरु नेपालमा बिक्री गर्दै आएको छ ।


यसअघि तीन वटा प्रदेशमा शाखा कार्यालय स्थापना गरिसकेको एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.ले अत्तरीयामा स्थापना गरेको यो चौथो शाखा  हो । 

प्रमुख समाचार

कर्मचारी

View All