ताजा समाचार

News

टुहुरा बालबालिकालाई गाउँपालिकाले भत्ता दिने

२०७५ श्रावण २४ बिहिबार
बैतडी, २४ साउन -
 
बैतडीको दोगडाकेदार गाउँपालिकाले टुहुरा बालबालिकालाई मासिक दुई हजार रुपैया भत्ता दिने भएको छ । यसका लागि गाउँपालिका टुहुरा बालबालिकाको तथ्याङक संकलन गर्ने कार्यमा जुटेका छ । १८ वर्षमुनिका आमा बुबा गुमाएका टुहुरा बालबालिकालाई भत्ता दिनको तथ्याङक संकलन गर्न थालेको हो ।
 
टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस भनेर गाउँपालिकाले मासिक भत्ता दिन लागेको जनाएको छ । टुहुरा बालबालिकाले आमा बुबा गुमाएको महसुस नगरुन र उनीहरुको पढाइमा कुनै किसिमको पनि समस्या नहोस भनेर भत्ता दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताए ।
 
८ वटा वडा रहेको गाउँपालिकामा सबै वडाका वडा अध्यक्षहरुलाई टुहुरा बालबालिकाको तथ्याङक संकलन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । आमा बुबा दुवै गुमाएका र संरक्षक पनि नभएका बालबालिकाको लागि थप व्यवस्था गर्न गाउँपालिकाले निर्णय गर्न लागेको पनि उनले बताए ।

प्रमुख समाचार

कर्मचारी

View All