ताजा समाचार

News

उपमहानगरका जनप्रतिनिधिबीच अनुभव आदानप्रदान

२०७५ श्रावण २४ बिहिबार
image not found
धनगढी, २४ साउन -
 
धनगढी उपमहानगरपालिका र बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिहरुबीच आफूले थालनी गरेका राम्रा अभ्यास तथा अनुभवहरु आदानप्रदान गरेका छन् ।  बुधवार अवलोकन भ्रमणका क्रममा धनगढी पुगेका बुटवल उपमहानगरपालिका रुपन्देहीका जनप्रतिनिधि र धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिहरुबीच छलफल तथा अनुभव आदानप्रदान गर्ने काम भएको नगरप्रमुख नृपबहादुर वडले बताए ।
 
उनले भने–‘दुवै नगरपालिकाले गरेका राम्रा कामहरु एक अर्काका लागि सिकाई हुन सक्छन् भन्ने उद्देश्यले अनुभव आदान प्रदान कार्यक्रमको आयोजना गरेका हौं ।’ बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख लगायत वडा अध्यक्ष लगायतका व्यक्तिहरुलाई यहाँका जनप्रतिनिधिले स्वागत गरेका थिए ।
 
‘अनुभव आदानप्रदान भयो कतिपय त्यहाँ भएका राम्रा अभ्यास हाम्रा लागि सिकाई भए नगरप्रमुख वडले भने–‘कतिपय हामीले गरेका राम्रा अभ्यासको वहाँहरुले प्रशंसा नै गर्नुभयो ।’ धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले बुटवल उपमहानगरपालिकाको राम्रा अभ्यासहरु धनगढी उपमहानगरपालिकाले अनुशरण गर्ने बताइन ।
 
ब्ुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अन्य उपमहानगरपालिकाले गरेका राम्रा कुराहरुका बारेमा सिक्नका लागि अवलोकन भ्रमण थालेको बताए । उनले भने–‘एक उप–महानगरले अर्का उप–महानगरलाई अनुभव आदानप्रदान गर्ने कुराको सहमति भएको छ ।’
 
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आर्चायले धनगढी उपमहानगरपालिकाले छोटो समयमै जनहितमा केहि राम्रा अभ्यास गरेको आफूले पाएको बताईन । उनले भनिन्–‘यो कुराहरु अनुसरण गरेका छौं ।’

प्रमुख समाचार

कर्मचारी

View All