ताजा समाचार

News

निर्मला हत्या विरोधमा कञ्चनपुरमा दिनहुँ प्रदर्शन

२०७५ श्रावण २४ बिहिबार
कञ्चनपुरमा किशोरी हत्या प्रकरणको अनुसन्धानमा ढिलाइ भएको महेन्द्रनगरमा दिनहुँ प्रदर्शन भइरहेको छ । शव भेटिएकै दिनदेखि हत्यारा पत्ता लगाउन माग राख्दै स्थानीयले प्रदर्शन ग्रिरहेका छन । भीमदत्त नगरपालिका–२ उल्टाखामका स्थानीयसँगै महिलाहरू आन्दोलित भएका छन । उनीहरूले महेन्द्रनगर बजार दैनिक रूपमा आंशिक बन्द गराउँदै यातायात समेत ठप्प गराउँदै आएका छन ।
 
जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालयमा पनि दैनिक नाराजुलुस र धर्ना दिईरहेका छन ।  मृतक किशोरीका सहपाठीहरूले पनि दबाबमूलक रूपमा प्रदर्शन गर्दै आएका छन । उनीहरूले प्रहरीद्वारा अनुसन्धानका नाममा अपराधी भगाउने खेल भइरहेको आरोप समेत लगाएका छन ।
 
घटनामा ठूलै व्यक्तिको हात हुन सक्ने समेत उनीहरूको आशंका गरेका छन । जिल्ला प्रहरी कार्यालयले भने सोधपुछका क्रममा केही नदेखिएपछि पीडित परिवारले आशंका गरिएका व्यक्तिहरूलाई छाडिएको जानकारी दिएको छ । छाडिएका व्यक्तिलाई फेरि पनि सोधपुछका लागि ल्याउन सकिने कार्यालयले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीले अनुसन्धानमा देखिने गरेर उपलब्धि हात नलागेको बताए । उनले अनुसन्धानको अवस्था शून्यजस्तै भएको जानकारी दिए । हालसम्म घटनास्थल समेत पहिचान गर्न नसकिएको जानकारी दिदै उनले  घटना लगत्तै महेन्द्रनगर पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पनि अनुसन्धान गरिरहेको बताए ।
 
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा संलग्नलाई कारवाहीको माग गरेको छ । कांग्रेसले बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत् ज्ञापनपत्र बुझाउँदै हत्यामा संलग्नलाई कारवाहीको माग गरेको हो । १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको दुई साता बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकिएको प्रति कांग्रेसले दुःख व्यक्त गरेको छ ।
 
प्रहरी प्रशासनमा कुनै मानवीय संवेदना नदेखिनु, घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कानुनी कारवाही होस भनि विभिन्न पक्षबाट आएको आवाजलाई पनि स्थानीय प्रहरी प्रशसनबाट निर्मम दमन गरी दबाउन खोजेको आरोप लगाएको छ ।
 
कांग्रेस केन्द्रीय सदस्य एनपी सावदको नेतृत्वमा गएको कांग्रेस नेताहरुको टोलीले बुझाएको ज्ञापनपत्रमा छटनाको सत्यतथ्य पत्ता लगाएर पीपिडटलाई न्याय र पीडकलाई कानुनी कारवाहीको दायरामा ल्याई नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक–अधिकार ग्यारेन्टी गर्न सरकारसँग माग गरिएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All