ताजा समाचार

News

कांग्रेस सभापति बोहरा द्वारा प्रधानमन्त्री ओली लाई ज्ञापन

२०७५ श्रावण २३ बुधबार
image not found

रेडियो सुदूर सञ्चार बेलौरी -

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि भएको हत्याको विषयलाई लिएर नेपाली कांग्रेस  कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहरा द्वारा प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ ।

हत्या भएको दुई साता वितिसक्दा पनि सरकारले हत्यारा सार्वजनिक नगरेको भन्दै बुधबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्का मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो।

कांग्रेस कञ्चनपुरका पार्टी सभापति बोहराले घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कानुनी कारवाहीका लागि माग गरेको बताएका छन् । हालसम्म यस्तो जघन्य घटना सार्वजनिक नहुनु दुखत भएको कांग्रेस कञ्चनपुरको ठहर छ ।

कांग्रेस कञ्चनपुरले निर्मला पन्त जस्तो बलात्कार पछि हत्या भएका र बलात्कार भएका सबै घटनाका दोषी उपर कानुनी कारवाही गर्न समेत माग गरेको छ । साथै दिनहुँ समाजमा भईरहेका समाजिक अपराध न्यूनिकरणकालागि सरकारलाई सुझाव दिएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव पुर्व सिंचाईमन्त्री एनपी साउद सहित नेताहरुले नागरिकको सम्मानपुर्वक बाँच्न पाउने अधिकारको सुनिश्चिता हुनुपर्ने धारणा राखेका थिए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउद, पुर्व केन्द्रिय आमन्त्रित सदस्य यज्ञराज जोशी, निर्वतमान सभापति बहादुर सिहं थापा र कञ्चनपुरका अध्यक्ष हरि प्रशाद बोहराद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा आग्रहलाई वेवास्ता गरे यसबाट उत्पन्न हुने परिस्थितीको स्वयं सरकार जिम्मेवार रहनुपर्ने चेतावनी दिएको छ ।

कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान गरी केही दिनभित्र सार्वजनिक गर्ने जनाएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All