ताजा समाचार

News

भन्सार छलेर ल्याउँदै गरेको हार्डवयर र कपडा बरामद

२०७५ श्रावण २३ बुधबार
image not found
२३ साउन, कैलाली -
 
सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण धनगढी (तत्कालीन सीमा सुरक्षा कार्यालय) को टोलीले भन्सार छलेर ल्याउदै गरेका हार्डवेयर तथा कपडाहरु बरामद गरेको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट भन्सार छलेर ल्याउँदै गरेका उक्त समानहरु नियन्त्रणमा लिइएको ३४ नम्बर गणका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद भट्टले जानकारी दिए ।
 
उनले पक्राउ परेका समानहरु करिब एक लाख मूल्य बराबरको रहेको बताउँदै बरामद गरिएका समानहरु जिल्ला भन्सार कार्यालय कैलालीलाई बुझाएको जानकारी दिए । यसअघि पनि विभिन्न स्थानबाट पक्राउ गरेका समानहरु भन्सार कार्यालयलाई बुझाएको थियो । सीमामा हुनसक्ने अपराधिक गतिविधि र भन्सार छलेर समानहरु ओसारपसार हुने जानकारी पाएपछि उक्त क्षेत्रमा समेत सतर्कता अपनाइएको डिएसपी भट्टले जानकारी दिए ।

प्रमुख समाचार

कर्मचारी

View All