ताजा समाचार

News

सडक सुचारु गर्न काँग्रेसको आग्रह

२०७५ श्रावण २३ बुधबार
बाजुरा, २३ साउन - 
 
बाजुरामा आएको लगातार अविरल वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकका  विभिन्न ठाउँमाहरुमा पहिर जाँदा अवरुद्ध भएको सडक  एक महिना बित्न लाग्दा पनि सुचारु नभएको प्रति नेपाली काँग्रेस बाजुराको ध्यानाकर्षण भएको जनाएको छ ।
 
नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितको नेतृत्वमा गएको एक टोलीले एक महिना बित्न लाग्दा पनि साँफे–मार्तडी सडक बन्द भएको. भन्दै तत्काल सुचारु गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् । उनले भने–‘सडकको पहिरो नहटाउदा जिल्लाबासीले महंगीको मार खेप्दै आएकाले डिभिजन कार्यालय सानँफेलाई तत्काल सडक सुचारु गर्न पहल गर्नुस ।’
 
सडकमाको माथिबाट आउको पहिरो नपन्छ्याउदा दैनिक रुपमका जिल्लामा आवतजावत गर्ने स्थानीयहरुले सास्ती भोग्दै आएको प्रमुख जिल्ला अधिकारीलाई काँग्रेस सभापति पण्डितले जानकारी गराए । सडक निर्माण कार्यको जिम्मेवारी पीएस कन्स्ट्रक्सनले समेत पहिरो आएको ठाउँको पहिरो पन्छ्याउनुको साटो मौन भएर बसेको भन्दै काँग्रेस बाजुराले आपत्ति जनाएको छ । पीएस कन्स्ट्रक्सनले समेतले सडक निर्माणका लापरवाही गरेको काँग्रेसले आरोप लगाएको छ ।
 
प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सडकमा आएको पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयका प्रमुखलाई बुधबार बोलाएर तत्काल डक मार्तडीसम्म संचालन गर्न पहल गर्ने बताएका छन् । उनले सडकमा आएको पहिरो पन्छ्याउनका लागि पीएस कन्स्ट्रक्सनलाई समेत जिल्लामा बोलाएको टोलीलाई प्रतिक्रिया दिएका छन् ।
 
सडक सुचारु गराउनका माग राख्दै नेपाली काँग्रेस कविराज पण्डित, काँग्रेस जिल्ला कार्य समिति सदस्य दीपा बोहरा, बडीमालिका नगरपालिका उप– प्रमुख कविता विष्ट, नेपाल तरुण दल सचिव हिरेन्द्र रोकाया, महिलासंघ  अध्यक्ष अमृता  सिंह, नेवि संघ उपाध्यक्ष जनक थापा लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेको थियो ।
 
एक महिना बित्न लाग्दा पनि सदरमुकाममा यातायात नचल्दा स्थानीयहरुले सास्ती भोग्दै आएका छन् । लगातार आएको अविरल वर्षाका कारण ग्रामीण सडक भने ठप्प भएका छन् । मार्तडी कोल्टी सडक लगायतका ग्रामिण सडकमा यातायात नचल्ने भएपछि स्थानीयहरुले एक दिनको पैदल बाटो हिडेर सदरमुकाम धाउने गरेका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All