ताजा समाचार

News

आवासीय सिलाइ कटाइ तालिम सुरु

२०७५ श्रावण २२ मंगलबार
image not found

धनगढी २२ साउन -

ट्रेस नेपाल धनगढीले सोमबारदेखि कैलालीको हसुलिया, धनगढी र सुख्खडमा आवासीय सिलाइ कटाइ तालिम संचालन गरेको छ । विभिन्न कारणले विद्यालयमा पढ्न छोडेका बालिकाहरुको सिलाइ कटाइ सम्बन्धी क्षमता अभिवृद्धि गर्नका लागि ३ महिने तालिम सुरु गरिएको ट्रेस नेपाल धनगढीका तालिम संयोजक चोलाजित बमले बताए । उनले भने–‘हाम्रो उद्देश्य भनेको परिस्थितिका कारण पढ्न नपाएकाहरुलाई गरिखान सक्ने गरी सीप सिकाउने हो ।’

तालिम सिटिईभिटीबाट मान्यता प्राप्त रहेको पनि संयोजक बमले बताए । यो तालिम पाएकाले विदेशमा गएर पनि काम गर्न सक्ने किसिमको मान्यता रहेको बमले बताए । तालिम यूकेएडको आर्थिक, मर्सिकोरको प्राविधिक सहयोग रहेको छ । बेस नेपालको स्टेम कार्यक्रम र ट्रेस नेपाल धनगढीबीच सम्झौता भएर तालिम संचालन भैरहेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All