ताजा समाचार

News

गोहीको उद्धार गरी नदीमा छोडियो

२०७५ श्रावण २२ मंगलबार
image not found

धनगढी २२ साउन -

कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७ स्थित बेलुवामा एक स्थानीयको पोखरीमा फेला परेको मगर गोहीको उद्धार गरी नदीमा छोडिएको छ ।स्थानीय युक्तबहादुर मल्लको माछा पोखरीमा फेला परेको गोहीलाई इलाका प्रहरी कार्यालय सत्ती, सत्ती सामुदायिक वन, डल्फिन संरक्षण उपकेन्द्र र स्थानीय संरक्षणकर्मीको रोहवरमा सोमवार पथरैया नदीमा छोडिएको हो ।

उक्त गोही प्राकृतिक बासस्थान नदीबाट पोखरीमा गएको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गाना जानकारी दिए । गोहीको उद्धार गर्न इलाका प्रहरी कार्यालय सत्तीका इञ्चार्ज धनबहादुर नाथ, सत्ती सामुदायिक वनका मीनबहादुर ठकुल्ला, डल्फिन संरक्षणकर्मी विजयराज श्रेष्ठ, नरेन्द्र रेग्मी, रामचरण चौधरी लगायतका व्यक्ति खटेका थिए । 

डल्फिन अवलोकनका लागि प्रख्यात टीकापुरको बैदी, ढुङ्गाना टोल क्षेत्रको नदीमा घडियाल र मगर गोहीको पनि बसोबास रहेको ढुङ्गानाले जानकारी दिए । 
 

प्रमुख समाचार

कर्मचारी

View All