ताजा समाचार

News

काठमाडौंको काँडाघारीमा अपहरित बच्चाको हत्या, दुई अपहरणकारी इन्काउन्टरमा मारिए

२०७५ श्रावण २१ सोमबार
image not found

काठमाडौं, साउन २१ -

काँडाघारीमा आइतबार अपरिहत बच्चाको हत्या भएको खुलेको छ। ११ वर्षिय निशान खड्काको शव ठिमीमा गाडिएको अवस्थामा भेटिएको छ। अपहरण गर्नेहरु पनि प्रहरीको गोलीबाट मारिएका छन्। अपहरणकारी अजय तामाङ र गोपाल तामाङ मारिएका हुन्। दाेहोरो फायरिङमा उनीहरुको मृत्यु भएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए। मध्यपुर ठिमीको नहदस बन्ने ठाउँमा उनीहरुको इन्काउन्टर भएको हो।

उनीहरुले आइतबार नै बालककाे हत्या गरेर शव गाडेको प्रहरीले जनाएको छ। फिरौतीमा कुरा नमिलेपछि उनीहरुले हत्या गरेका हुन्। अपहरणकारीमध्ये गोपाल बालकका चिनजानका व्यक्ति हुन्। उनी आइतबार दिउँसोदेखि नै बालकको आमाले चलाउने पसलमा गएर निशानसँग खेलेर बसेका थिए। साँझ उनले नै अपहरण गरी लगेका हुन्।

 

अपहरणकारीले २ पटक फोन गरी फिरौती मागेका थिए। घटनाको अनुसन्धानका लागि डेढ सय भन्दा धेरै प्रहरी आइतबार साँझदेखि नै खटिएका थिए। अपराध महाशाखा, काठमाडौं परिसर तथा भक्तपुरबाट समेत अनुसन्धानमा प्रहरी खटिएका थिए।

प्रमुख समाचार

कर्मचारी

View All