ताजा समाचार

News

बैतडीमा ट्याक्टर दुर्घटना, चालकले हाम फालेर जोगाए ज्यान

२०७५ श्रावण २१ सोमबार
image not found

बैतडी, साउन २१ -

दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ को मुस्याचौर बजार नजिकै आज बिहान ट्याक्टर दुर्घटनामा परेको छ । से १ त ८०३० नम्बरको ट्याक्टर विपरीत दिशाबाट आउन लागेको जिपलाइ बचाउन खोज्दा साँघुरो सडकका कारण दुर्घटनाका परेको प्रहरी चौकी गुरुखोलाले जनाएको छ ।

ट्याक्टरमा चालक दिपेन्द्र डगौरा मात्र भएकोले डगौराले हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । चालक डगौरालाइ सामान्य चोट लागेको छ । ट्याक्टर सडकबाट केही तल खसेको छ । ट्याक्टरमा केही क्षति पुगेको प्रहरीले बताएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All