ताजा समाचार

News

बैतडीमा अंगीकृत नागरिकता लिने महिलाको संख्या बढ्दो

२०७५ श्रावण २१ सोमबार

बैतडी, साउन २१ -

बैतडी जिल्लामा पछिल्लो समय अंगीकृत नागरिकता लिने महिलाको संख्या बढेको छ । भारतिय महिलाहरुले नेपाली नागरिकसंग विवाह गरेको खण्डमा उनीहरुले नेपाली अंगीकृत नागरिकता प्राप्त गर्न सक्दछन् ।

<div data-rows="1" data-cols="1" class="rc-wc rc-bp rc-uid-85668 rc-g-dl " data-rcp="eyJ3IjoiODU2NjgiLCJ0IjoicmNfNzA5IiwiYyI6IjE1MzM1NTcwOTM3MzYiLCJ3aWR0aCI6IjEzNjYiLCJyZWZlcmVyIjoiaHR0cDpcL1wvd3d3LnN1ZHVya2hhYmFyLmNvbVwvIn0=" data-rct="1" data-rc-g-dl="1" data-rc-g-d="1" data-rc-g-t="1" data-rc-g-p="1" "="" data-id="85668" data-original_load="eyJob3VzZSI6WzMyNTI4ODVdfQ==" data-refresh="" data-refresh-int="60000" data-view="BIGcnuFloVhzwWiw%2BeFMn4IgeWn5LTOqTe79foXbc%2F2bnGKQfrS83EVoKp1KFk%2FXWobJUXu3ngbo3EOnPBCnCpFET4orQ7g4sRg4%2BVLgMCqV7RmGd6KYp9zk59vgj8g9L1QacWEuYFIdc2VnR%2FfgFFJ1KGRB%2FbC5rCa17R05%2BniPXrLGKItj8SGiA8SspIselwKwCloRmnC1%2BqtE5k03yMEvGcO8zXueLjPlFvHq3TWWaNqbsUZ7%2Bit%2FQRD%2BJnWt4UDTU7tUg1IXbD6%2BuOlEUA8W0QzGU0smkweNcyfwWIqBVkgGDzF3P6RpxbLt4EQnrJJW3f63NTJaEVMX5cWLr6lEePV2wn%2B5pvGOK7NdQgtJSFJANeumh35uRRrIWg3Uz1IlCev07Q09axGuosZ9yEcXY8jLKEuNZg7mkgc6tDwE9xNejpWCnIT9PeUgXI8IXudqaGprdiuvJIp366bK6BP%2BAeoahC8AfpUIhyaIlUAaZfKvSUVVOZd3ymlEYRvu7H2TyTBAfeRker5c3D2yA4YV9xYbhcYtMwWO3Rae9CXGMAxqPeckQc4iQ7B0bw4xqy7iNzdQ7z8fNyl73iaN4G9XRW32dzpQytT27tRV2DWcw6PNBE1ou%2Fpv%2Fy8abj2zXWhhyS3Xnu4fOQpv5GVacGBKGqDq15Wa9ONdt9jArWbi9suOsTN%2FcH%2F2wSp3ztkYKQm6vkqOcOoNhzBvS42d%2B6HqB98VK5bciG8fYCGH%2Boi5%2FiaNB1Rr%2FodE%2BrL0bTqNBH6SYWa3KXJj9SWTr8XMpA13%2Fmckw2aZc%2BZwWFPGVsyZkANq21kYmEqAikSYdQb8GaP70thsMCRneeosbT9FJEiANoC0NrbblO2l8QfxaCvs1roTpzNUKrTyGVMWXKUp5O%2BFhB4ewBYRQ7Fjet%2BWYQ%3D%3D" style="margin: 0px auto; padding: 0px; border: 0px; font: inherit; vertical-align: baseline; overflow: visible; position: relative; visibility: visible;">
 
केहि वर्ष अगाडी अंगीकृत नागरिकता लिने महिलाको संख्या कम भएपनि दिनप्रतिदीन यो संख्या बढेको जिल्ला प्रशाशन कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७३/७४ मा २४ जना भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरेपछि वैवाहिक अंगीकृतको नागरिकता प्राप्त गरेका छन् भने आर्थिक वर्ष २०७४/७५ मा २६ जनाले अंगीकृत नागरिकता लिएका पाईएको छ ।
 

अंगीकृत नागरिकता सबैले जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्राप्त गरेका हुन् । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी जय बहादुर कुवँरले प्रशासनमा नियमित रुपमा वैवाहिक अंंगीकृतको नागरिकता प्रदान गर्ने काम भइरहेको जानकारी दिए । आवश्यक कागजात पुगेकाहरुलाई जुनसुकै दिन पनि नागरिकता दिने गरेको कुवँरले बताए ।

नेपाली नागरिकसँग विवाह गर्ने भारतीय महिलाहरुले नेपाली नागरिकता पाउनका लागि विवाह दर्ता, पतिको नागरिकता, विदेशी नागरिकता भएको खण्डमा नागरिकता त्यागेको प्रमाणसहितको निवेदन दिनुपर्छ ।

हुलाकमा रजिष्ट्री गरिएको पत्र र निवेदनको प्रतिलिपीलाई पनि प्रमाणको रुपमा मान्ने गरिएको छ । नेपाली नागरिकता प्राप्त गर्नेलाई प्रशासनका कर्मचारीले सपथग्रहण गराउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी कुवँरले जानकारी दिए ।

 

प्रमुख समाचार

कर्मचारी

View All