ताजा समाचार

News

बरालले गरे मन्दिरलाई आधा कट्ठा जमिन दान

२०७५ श्रावण २१ सोमबार
image not found

सीता पौडेल
पुनर्वास, २१ साउन -


तपाई मरणोपरान्त आफ्नो सम्पत्ति कसका लागि उपयोगी होस् भन्ने चाहनुहुन्छ ? मृत्यपछि पनि के तपाईं हजारौंको मनमस्तिष्कमा जिउँन चाहनुहुन्छ ? पुण्य कर्म गरेर मृत्युपछि पनि कसरी जिउँन सकिदोरहेछ ? त्यसबारे सोच्नु भएको छैन भने दानी यी पुनर्वासी बरालबाट आजैबाट प्रेरित हुन सक्नुहुन्छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का मनकारी खगराज शर्मा बरालले आधा कट्ठा जमिन मन्दिरलाई दान गरेका छन् । पाँच लाख मूल्य बराबरको आधा कट्ठा जमिन त्यसै स्थानको श्री कालिका (लमजुङ्ग कालिका) मन्दिरको नाममा दान गरेका हुन् । वि.सं. २०३९ सालमा स्थापना गरिएको सो मन्दिरको जीर्णाेधार र उचित ब्यबस्थापनका लागि जग्गा दान गरिएको बरालले बताए ।


धर्मको मर्म मासिदै गएको बर्तमान परिप्रेक्ष्यमा मन्दिरलाई गरिएको जमिन दानले धार्मिकतामा केही टेवा पुग्ने उनले जिकिर गरे । स्थानीय शिक्षक भरतकुमार बस्नेतको अध्यक्षतामा ११ सदस्यीय मन्दिर समिति गठन गरी मन्दिर दर्ता समेत गरिएको बरालका ज्येष्ठ पुत्र विकास बरालले जानकारी दिए ।


समाजमा आफ्नो हीत मात्र चिताउनेको कमी नरहेका बेला बरालले आफ्नो जग्गा दान गरेर अझै समाजमा राम्रा ब्यक्ति र दाताहरुको कमि नरहेको उदाहरणीय र प्रशंसनीय कार्य गरेका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All