ताजा समाचार

News

निर्मला हत्याकाण्ड ः दोषिलाई फाँसिको माग सारियो

२०७५ श्रावण २१ सोमबार
image not found

मोहन बिष्ट

कञ्चनपुर, साउन २१ गते -

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिकको माग राख्दै स्थानीय एव अधिकारकर्मी महिलाले पुनः आन्दोलन थालेका छन् । सोमबार पनि अधिकारकर्मी एव स्थानीयले हत्याको बिरोध र हत्यारालाई सार्वजनिको माग राख्दै महेन्द्रनगरमा आन्दोलन गरेका हुन् । आन्दोलनमा उत्रेका स्थानीय एव महिला अधिकारकर्मीले जघन्य अपराध भएकाले फाँफिदिनुपर्ने माग अघि सारेका थिए ।

उनीहरुले महेन्द्रनगर बजार बन्द गराउनुका साथै यातायात समेत बन्द गराएका थिए । घटना घटेको लामो समय वितिसक्दा पनि दोषिको पहिचान नभएको भन्दै आक्र्रोसित भएका छन् ।

सरकारले घटनाका दोषि सार्वजनिक गर्न ढिलाई गरेको उनीहरुको गुनासो थियो । महिला अधिकारकर्मी लक्ष्मी मल्लले घटना घटेको १२ दिनवितिसक्दा पनि दोषि सार्वजनिक नगरिएका कारण बाध्य भएर पुनः आन्दोलनमा उत्रेको बताए । उनका अनुसार बजार, उद्योग, शैक्षिक संस्था र यातायात बन्द गरिएको बताए ।

मृतक निर्मलाका अभिभावक समेत आन्दोलनमा सहभागि भएका थिए । महिला एव अधिकारकर्मीले जिल्ला प्रशासन, भीमदत्त नगरपालिका र प्रशासनमा धर्ना दिएका छन् । बजारमा समेत बिरोध जुलुस निलेका थिए । अधिकारकर्मी एव महिला नेतृहरुले तत्तकाल दोषि सार्वजनिक नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

 

प्रमुख समाचार

कर्मचारी

View All