ताजा समाचार

News

युनिभर्सिटी जुडो च्याम्पियनसिपमा नेपाललाई २ स्वर्ण

२०७५ श्रावण २१ सोमबार
image not found

काठमाडौं –

 

नेपालले थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा २ स्वर्ण जितेको छ । नेपालले स्वर्ण बाहेक थप १ रजत र १ कास्य पनि जितेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाए ।

 

१५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले ४ खेलाडीलाई पराजित गरे । उनले थाइल्यान्डका २ तथा युएई र जापानका खेलाडीलाई पराजित गरे । ११ खेलाडी सहभागी महिला ५७ केजीमुनि मनीताले भियतनाम, सिंगापुर, मलेसिया र थाइल्यान्डका खेलाडीलाई हराइन् । महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितिन् ।

 

पुनमले लाउसकी खेलाडीलाई पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । फाइनलमा पुनम थाइल्यान्डकी खेलाडीसंग चुकिन् । त्यस्तै महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारिन् । गत संस्करणमा नेपालले २ कांस्य जितेको थियो । इन्द्र र उमेश मगरले कांस्य हात पारेका थिए । दुईदिने प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

प्रमुख समाचार

कर्मचारी

View All