ताजा समाचार

News

निर्मला हत्याकाण्ड ; दोषि सार्वजनिक नगरे थप आन्दोलन चर्काउने चेतावनी

२०७५ श्रावण २० आइतबार
image not found
कृष्ण नेपाली -
 
कञ्चनपुरको भीमदत्त नगरपालिका–२उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिकको माग राख्दै स्थानीय एव अधिकारकर्मी महिलाले पुनः आन्दोलन थालेका छन् । आईतबार पनि अधिकारकर्मी एव स्थानीले हत्याको बिरोध र हत्यारालाई सार्वजनिको माग राख्दै आन्दोलन गरेका हुन् । 
 
उनीहरुले महेन्द्रनगर बजार बन्द गराउनुका साथै यातायात समेत बन्द गराएका थिए । घटना घटेको लामो समय वितिसक्दा पनि दोषिको पहिचान नभएको भन्दै आक्र्रोसित भएका छन् । सरकारले घटनाका दोषि सार्वजनिक गर्न ढिलाई गरेको उनीहरुको गुनासो थियो । महेन्द्रनगरको गल्ली नम्बर १देखि शुरु भएको आन्दोलन महेन्द्रनगर बजारपरिक्रममा गर्दै जिल्ला प्रशासन कार्यालयको गेटमा कोण सभा गरेर समापन गरिएको थियो । कोण सभामा बोल्ने अधिकारकर्मी एव महिला नेतृहरुले तत्तकाल दोषि सार्वजनिक नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । 
 
कोण सभामा भीमदत्त नगर न्याय समिति सदस्य एव अधिकारकर्मी सन्तोषी साउद(ऐर), नयाँ शक्तिकी नेतृ एव अधिकारकर्मी माया नेगी, नेपाल महिला संघकी नेतृएव अधिकारकर्मी सरस्वती दाहाल, अधिकारकर्मी मिना भण्डारीले सम्बोधन गरेका थिए । अधिकारकर्मीले सोमबार जिल्ला प्रशासन र प्रहरी कार्यालयमा एक÷एक घण्टा धर्ना दिने घोषणा गरेका छन् ।
 
 सोमबार धर्ना दिदा पनि दोषि सार्वजनिक गरिए शसक्त आन्दोलन चर्काउने चेतावनी दिएका छन् । उनीहरुले निर्मला हत्याकाण्ड लगायत जिल्लाभरी भईरहेका घटना रोक्न र अबपउरान्त यस्ता घटना दोहोरिन नदिन समेत माग गरेका थिए । 
 

हत्यारालाई सार्वजनिक गरेर कार्बाही गर ः संजिवनी नेपाल

 
मानव अधिकार क्षेत्रमा कार्यरत संजिवनी नेपालले निर्मला पन्तका हत्यारालाई सावजनिक गरेर कार्बाही माग गरेको छ । संजिवनी नेपाल कञ्चनपुरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्मला पन्तको हत्याकाण्डको छानबिन  गर्दै दोषिहरुलाई सार्वजनिक गरेर कार्बाही गर्न माग गरेको हो । 
 
निर्मलाको बलात्कार पछि हत्याप्रति घोर आपत्ति प्रकट गर्दै संजिवनी नेपालले घटनाको सत्यतथ्य छानबिन गर्न समेत आग्रह गरेको छ । यस्तै भीमदत्त नगरपालिका १० जिमुवाकी बालिकामाथी जबरजस्तीकरणी प्रयास गर्ने दोषिलाई कार्बाहीको समेत माग गरेको छ । संजिवनी नेपाल कञ्चनपुरका अध्यक्ष नितु भट्टको नाम उल्लेख भएको ध्यानाकर्षण पत्रमा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति हुने वातावरण कार्य गर्न समेत स्थानीय प्रशासनसंग माग गरिएको छ । यस्तै मानव अधिकार तथा जनसरोकार समिति कञ्चनपुरले समेत निर्मला हत्याकाण्डका जघन्य अपराध गर्नेलाई कार्बाहीको माग गरेको छ । समितिका संयोजक प्रेम बहादुर चन्दले हस्ताक्षर गरेको विज्ञप्तीमा मानव अधिकारको ग्यारेण्टीको माग अघि सारिएको छ । 
 

विद्यालयद्वारा राहत एव शोक सभा 

 

निर्मला पन्त अध्ययनरत सरस्वती माध्यामिक विद्यालयले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै आइतबार शोक सभा गरेको छ । सरस्वतीका शिक्षक प्रमानन्द नाथले बर्खेविदापछि पहिलो दिन विद्यालय संचालनका दिन मृतक निर्मलाको सम्झनामा शोक सभा गरिएको छ । 
 
साथै विद्यालयका शिक्षक कर्मचारीले व्यक्तिगत तवरबाट निर्मलाको परिवारलाई नगद १५ हजार रुपैया आर्थिक सहयोग गरेको छ । विद्यालयले दोषि पहिचान गरेर कडा भन्दा कडा कार्बाहीको माग समेत गरेको छ । विद्यालयले निर्मलाका परिवारलाई फेरी पनि सहयोग गर्ने जनाएको छ । 
 

प्रमुख समाचार

कर्मचारी

View All