ताजा समाचार

News

जलमग्नले महेन्द्रनगरका साना व्यवसायीको विचल्ली

२०७५ श्रावण २० आइतबार
image not found
महेन्द्रनगर-
 
आइतबार बिहानैदेखि परेको भारी बर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार जलमग्न भएको छ । अव्यवस्थित ढल निकासका कारण महेन्द्रनगर बजार जलमग्न भएको हो । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्र जलमग्न भएपछि स्थानीय मारमा परेका छन् । जतात्यतै जलमग्न भएपछि स्थानीयलाई यातायात एव दैनिक कार्यमा समस्या भएको छ । महेन्द्रनगरका स्थानीय गणेश धामीले अव्यवस्थित ढल निकास एव जहाँतही भौतिक संरचना निर्माण गरेका कारण बर्षा हुनेवित्तिकै डुवान पर्ने बताए । 
 
जलमग्नका कारण सडक छेउछाउमा ठेला राखेर व्यवसाय गर्दै आएका साना व्यवसायीको विचल्ली भएको छ । सानाखोका छाप्रा डुवानमा परेपछि समान समेत झिजेर नष्ट भएका छन् । एयरपोर्ट रोडछेउमा खोकाछाप्रा राखेर व्यवसाय गर्दै आएका गणेश धामी, राजु शाह, नरी शाहु, वाड गुस्ता, ललित भट्टको व्यवसाय चौपट भएको छ । उनीहरुका पसल डुवानमा परेपछि समान समेत झिजेर नष्ट भएको छ । सब्जीमण्डी लगायत बजार क्षेत्रमा समेत व्यवसाय गर्दै आएका खोका छाप्रा व्यवसायी मारमा परेका छन् । 
 
बर्षातका कारण शहरी क्षेत्रमा डुवान ग्रामीण क्षेत्रमा कटानी भईरहेको छ । कञ्चनपुरका स्थानीय शन्देश पाण्डेका अनुसार बिना योनजा अनुसार बजार क्षेत्र विस्तार हुँदा बर्षातका कारण शहरी क्षेत्रमा डुवान र विभिन्न खोला नाला नियन्त्रणका लागि प्रयास नभएका कारण ग्रामिण भेगमा कटानी हुने गरेको उनले बताए । साउन पहिलो सातादेखि कञ्चनपुरमा नियमित रुपमा बर्षा भईरहेको छ । बर्षातका कारण वातावरण स्वच्छ भएपछि कतै कटानी कतै डुवानले समस्या निम्तिाएको छ । कञ्चनपुरमा महाकाली, जोगबुढा, दोदा, सुनबरा, स्याली, चौधर नदी र साना खोला जस्तै ः झर्नाखोला, कामिकाटे, भाँसी लगायतका साना खोला नालाका कारण उर्बराभूमि कटानी हुँदै छ ।
 सम्बन्धी निकायले डुवान कटानीका विषयमा दिर्घकालिन योजना नबनाएका कारण कञ्चनपुर डुवान कटानीको उच्च जोखिमा छ । बर्षातका कारण जिल्लाका छोटो तथा लामो दुरीका ग्रामीण भेगका कच्ची सडक पनि बिग्रीका छन् । कच्ची सडक भएका कारण ठाँउ ठाउँमा खाल्टाखुल्टी भरिएका छन् । 
 
दैजी–बेल्डाँडी, बेलौरी कलुवापुर, डोकेबजार–पुर्नवास–बेलौरी–बेल्डाँडी हुँदै दैजी हुलाकी राजमार्ग, महेन्द्रनगर ब्रम्हदेब, वाणि–देखतभूली हुँदै शंकरपुर, लगायतका कच्ची सडक सुधार नहुँदा स्थानीयलाई यातायातमा सास्ती भएको छ । बर्षातले किसानलाई भने राहत पुगेको छ । धानलाई चाहिले प्राकृतिक पानी बर्षा भएपछि धानखेतीलाई उपयुक्त भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बर्षातका कारण ठुलै क्षति नभएको जनाएको छ । समान्य जलमग्न बाहेक केही नभएको जनाएको छ । 
 

प्रमुख समाचार

कर्मचारी

View All