ताजा समाचार

News

सद्भावका लागि मैत्री मेराथन दौड प्रतियोगिता

२०७५ श्रावण २० आइतबार
image not found
कञ्चनपुर, साउन २० -
 
नेपाल–भारतविच सद्भाव बढाउनका लागि अर्ध मेराथन मैत्री दौड प्रतियोगिता गरिएको छ ।  अन्र्तराष्ट्रिय मित्रता दिवसका अवसरमा आइतबार दुवै देशका सीमा सुरक्षा बलको संयुक्त आयोजनामा मेराथन मैत्री दौड प्रतियोगिता गरिएको हो । कार्यक्रममा सहभागी दुवै देशका सीमा सुरक्षा अधिकारीले प्रतियोगिताबाट  (नेपाल–भारत) का नागरिकविच थप सद्भाव बढेको बताएका थिए ।  सशस्त्र प्रहरी बल नेपाल ३५ गण मझगाँउ कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद राज श्रेष्ठले प्रतियोगितामा ३ सय ३४ जना सहभागि भएको बताए । जसमध्ये नेपालका तर्फबाट १५ महिला ८५ पुरुष जम्मा एक सय जना, भारतका तर्फबाट २० महिला २१४ पुरुष गरि जम्मा दुई सय ३४ जना सहभागि भएका थिए । प्रतियोगितामा भारतका पुरुष तर्फबाट सहभागि विष्णू नन्दन राठौर र भारतकै महिला तर्फ अर्पिता सैनी प्रथम भएका छन् । 
 
राठौर, सैनीले नगद २५÷२४ हजार, द्वितिय तर्फ भारतकै पुरुष मोहन सैनी महिला रेनुले नगद १५÷१५ हजार र तृतिय तर्फ भारतकै पुरुष कृष्ण सिह र नेहाले नगद ५÷५ हजार पुरस्कारका साथै प्रमाण पत्र पाएका छन् । भने सान्त्वना तर्फ नेपालका सशस्त्र प्रहरी बीरचन्द्र भट्टले ५ हजारका साथै प्रमाण पत्र पाएका थिए । बनबासाबाट शुरु भएको दौडप्रतियोगिता टनकपुर हुँदै पुनः बनबासामै परिणत भएको थियो । २१ किलोमिटर दुरीमा दौड प्रतियोगिता गरिएको थियो । 
 
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडका, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, सशस्त्र प्रहरी बल ७ नम्बर प्रदेशका बाहनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नरेन्द्र बहादुर थापा, भारतीय सीमा सुरक्षा बल(एसएसबी)का डिआईजीद्वय मनमोहन काण्डापाल र एचएनएस विष्टले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।  
 

प्रमुख समाचार

कर्मचारी

View All