ताजा समाचार

News

बाढीले बस बगायो, १२ घाइते

२०७५ श्रावण २० आइतबार
image not found

साउन २० -

तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् ।

धनगडीबाट दाङको तुलसीपुरतर्फ जादै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आज बेलुका खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर–लमही सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । 

प्रहरीका अनुसार तुलसीपुर–लमही सडकखण्डको बबई, कटुवा खोला, सेवार, गुर्जे, ग्वारखोलालगायका खोलामा आएको बाढीले आज दिउँसोदेखि यातायात प्रभावित भएको हो । साना सवारी साधन सबै ठप्प भएका छन् भने ठूला सवारी साधन भने फाटफुट सञ्चालन भएका छन् ।

खोलामा ठूला सवारी साधन जोखिम मोलेर सञ्चालन भए पनि साना सवारी साधनहरु भने चल्न सकेका छैनन् । 

प्रमुख समाचार

कर्मचारी

View All