ताजा समाचार

News

बेलौरीका किशोरीलाई ‘आइरन चक्की’ खुवाइँदै

२०७५ श्रावण २० आइतबार
image not found

बेलौरी , साउन २० -

बेलौरी नगरपालीकाको स्वास्थ्य शाखाले रक्त अल्पता हटाउन किशोरीहरुलाई आइरन चक्की खुवाउने अभियान सञ्चालन गरेको छ ।

 
विद्यालयमा पढदै आएका र विद्यालय बाहिर रहेका किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाउने कार्य शुरु गरिएको हो । रक्त अल्पताको समस्या हटाई पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यले किसोरीहरुलाई आइरन र फोलिक एसिड खुवाउने कार्यक्रम शुरु गरिएको स्वास्थ्य शाखाका संयोजक मान बहादुर चन्दले बताए ।
 
‘विद्यालय जाने पाँच हजार तीन सय दुई जना र विद्यालय नजाने एक हजार ६६ जना किसोरीलाई आइरन चक्कि खुवाउने कार्यक्रम रहेको छ’ उनले भने । आइरन चक्कि खुवाउनका लागि नगरपालिकाका प्रत्येक वडाका चार जनाका दरले ४० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तालिम दिई परिचालन गरिएको उनले बताए । विद्यालय र घरमै गएर आइन चक्कि खुवाउ छौं उनले भने ‘त्यसमा छुटन गएकालाई नजिकको स्वास्थ्य संस्था मार्फत आइरन चक्कि उपलव्ध गराउने व्यवस्था गरिएको छ ।’

महिनामा प्रत्येक हप्ताको एक पटक ६० मिलिग्राम आइरन र ४०० मिलिग्राम फोलिक एसिड किसोरीहरुलाई खुवाइने छ । आइरन चक्की वितरण कार्यक्रममा गैरसरकारी संस्था नगरभित्रका विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय जनप्रतिनिधिहरुले सहयोग पुरयाएका छन । एक अध्ययन अनुसार नगरपालीकाका झण्डै ३९ प्रतिशत किशोरीहरुमा रक्तअल्पताको समस्या रहेको छ ।

 

प्रमुख समाचार

कर्मचारी

View All