ताजा समाचार

News

नेपाल टेलिकमले नमस्ते रिचार्ज ब्रान्ड ल्याउने

२०७५ श्रावण १६ बुधबार
image not found

काठमाडौं, साउन १६ -

नेपाल टेलिकमले आफ्ना सेवा रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ ।अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिनुभयो ।

कम्पनीले रु ५०।–, १००।–, २००।–, ५००।– र १०००।– दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने छ । रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ । टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवामा रिचार्ज गर्न सकिन्छ ।

प्रमुख समाचार

कर्मचारी

View All