ताजा समाचार

News

उपराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि एपीएफ क्लबलाई

२०७५ श्रावण १६ बुधबार
image not found

सातोवाटोस्थित एन्फा मैदानमा आज भएको उपराष्ट्रपति कप महिला फुटबल लिग खेलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पछि पार्दै एपिएफले उपाधि हात पारेको हो ।

एपीएफका लागि सावीत्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन् । प्रतियोगितामा एपीएफले अपराजित यात्रा कायमै राख्दै उपाधि जित्न सफल हुँदा आर्मीले आज पहिलो हार व्यहोरेको हो । खपहिलो हाफको ४० औं मिनेटमा सावित्राले सुरुवाती गोल गरिन् । ४९ औं मिनेटमा आर्मीकी पुनम मगरले गोल फर्काएर खेललाई बराबरीमा पु¥याइन् ।

एपीएफकी फरवार्ड सावित्राले ५४ औं र ८२ औं मिनेटमा २ गोल थपेर ह्याट्रिक पुरा गर्दै जित सुनिश्चित बनाइन् । उपाधि विजेता एपीएफले नगद २ लाख पाएको छ । उपविजेता आर्मीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । यसैगरी रौतहटले तेस्रो हुँदै ५० हजार प्राप्त गरेको छ ।

आजै उपाधि होड बाट बाहिरिसकेको नेपाल पुलिस क्लबले काठमाडौंलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको थियो । पुलिसका लागि निरु थापाले ह्याट्रिक सहित ४ गोल गर्दा, निर्मला उपाध्यायले २ गोल गरिन ।

यसैगरी घिमकुमारी गुरुङ, निर्मला विक र मञ्जु गुरुङले एक एक गोल थपेका थिए । आजको जितसँगै ३ अंक जोडेको पुलिसले चौथो स्थानमा रहँदै लिग सकाएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All