ताजा समाचार

News

उसु खेलाडीले मकाउमा भाग लिने

२०७५ श्रावण १६ बुधबार
image not found

प्रथम विश्व विश्वविद्यालय उसु च्याम्पियनसिपमा नेपालका ३ उसु खेलाडीले सहभागिता जनाउने भएका छन् । मकाउ पोलिटेक्निक इन्स्टिच्युट मल्टी स्पोर्टस् पेभिलियनमा २ देखि ५ अगस्टसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्न लागेका अशोक बुढामगरले पुरुष नान छ्वान र नान गुनमा भाग लिनेछन् । महिलामा १२औँ दक्षिण एसियाली खेलकुद (साग)की रजतधारी सविता राईले ताइची छ्वान र ताइची छेन तथा ओसिन राईले जेन सु र चेन सुमा आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।

ओसिनसँग पनि इन्चोन एसियाड खेलेको अनुभव छ । ओसिन र सविता आ–आफ्नो स्पर्धाका लगातार पाँचपटकका राष्ट्रिय च्याम्पियन हुन् ।

प्रमुख समाचार

कर्मचारी

View All