ताजा समाचार

News

लर्डसको स्थानीय क्लबले नेपालको भ्रमण गर्ने

२०७५ श्रावण १५ मंगलबार
image not found

लर्डसको स्थानीय क्लब मेरिलेबोन क्रिकेट क्लब, एमसिसीले नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्ने भएको छ। एमसीसीले क्रिकेटको विकास हुँदै गरेका देशलाई सहयोग गर्न अन्तर्राष्ट्रिय भ्रमण कार्यक्रम सुरु गर्ने भएको छ।

एमसीसीले आफ्नो यो नयाँ प्रयासअन्तर्गतको अभियानमा पहिलो भ्रमण गर्ने देश नेपाल हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँगको सल्लाहमा एमसिसीले नेपाललाई आफ्नो भ्रमणको पहिलो देश चुनेको हो।

नेपाली राष्ट्रिय टिमले हालै मात्रै एक दिवसीय मान्यता पाएको तथा देशभर क्रिकेटको विकासमा चासो रहेकाले सहकार्य गर्न चाहेको एमसीसीले उल्लेख गरेको छ। तीन वर्षअघि भूकम्प गएको केही समयपछि एमसीसीले नेपाल भ्रमण गरेको थियो।

नेपालले क्रिकेटमा धेरै गर्न सक्ने सम्भावना रहेको तर सीमित स्रोत र अवसरका कारण पछि परेकाले एमसीसीको सहयोगात्मक संस्था एमसीसी फाउन्डेसनले क्रिकेटको विकासमा साथ दिनेछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमा क्रिकेटप्रतिको लगाव उच्च रहेको भन्दै एमसिसीसँगको सहकार्यले क्रिकेटको विकासमा ठोस सहयोग पुग्नेमा आशावादी रहेको बताए।

प्रमुख समाचार

कर्मचारी

View All