ताजा समाचार

News

राष्ट्रिय खेलकुद परिषदद्वारा खेलाडी र श्रष्टाहरुलाई सम्मान

२०७५ श्रावण १४ सोमबार
image not found

राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी तथा श्रष्टाहरुलाई सम्मान गरेको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै १२ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता, एसियाली खेलकुदका पदक विजेता खेलाडी, राखेप च्याम्पियनसिपमा उत्कृष्ट भएका खेलाडी विभिन्न खेलका उत्कृष्ट खेलाडी, २०७४ र ७५ सालमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका ७२८ जना पदक विजेता खेलाडीहरुलाई पनि नगत सहित सम्मान गरिएको छ ।

 

कार्यक्रममा उपस्थित हुनु भएका रक्षा मन्त्री ईश्वर पोखरेलले हामिले जनताको जुन विश्वासको मतबाट जुन विश्वास पाएका छौँ त्यो विश्वास लाई गुम्न दिने छैनौं र खेलकुदको बिकासमा यो सरकारले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । साथै कार्यक्रम कै दौरान खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका राजु सिलवाल र बिबिसी नेपाली सेवाका निरन्जन राजबंसीलाई सम्मान गर्नुका साथै आठौं राष्ट्रिय खेलकुदको लोगो र मस्कटका डिजाइनर तथा गीत र नाराका रचनाकारलाई पनि नगत सहित पुरस्कृत गरिएको छ।

 

सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अहिलेसम्म नेपालले एशियाली खेलकुदमा स्वर्ण पदक जित्न सकेका छैनौं यस पटक स्वर्ण पदक जित्ने खेलाडीलाई विशेष सम्मान गरिने बताए। साथै कार्यक्रममा ओलम्पियन खेलाडीहरुलाई पनि मासिक तीन र तिन हजारका दरले ८० जना नंयाँ पुराना ओलम्पियन खेलाडीहरुलाई आजिवन मासिक भत्ता वितरण सुरुवात समेत गरिएको राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएको छ ।

 

नेपाल सरकारका रक्षा मन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचीव केशव कुमार बिष्टले खेलाडी, प्रशिक्षक, ओलम्पियन र श्रष्टाहरुलाई सम्मानित गर्नु भएको थियोे ।

प्रमुख समाचार

कर्मचारी

View All