ताजा समाचार

News

नेपालमा चीनियाँ रेलको सम्भावना

२०७५ श्रावण १४ सोमबार
image not found

नयाँ सरकार निर्माण सँगै सरकारले समृद्धिको नारा अगाडी बढाएको छ । त्यसका निम्ति ठुला परियोजनाको निर्माण अन्तरदेशिय व्यापारिक सम्बन्धका करिडोर निर्माणमा सरकार लागिरहेको छ । सरकारले उत्तरदक्षिण सडक कारिडोर निर्माण गर्दैछ । नेपाल भारत अन्तरदेशिय विद्युत प्रशारण लाइन थप गर्देछ भने क्षमता वृद्धिका कार्य पनि सँगसगै गर्दैछ । अब प्रशारण लाइन चीन तर्फ पनि जोडिदैछ भने बंगलादेशसँग पनि विद्युत प्रशारण लाइन जोडिने तरखरमा छ ।

 

नेपाल,भारत, बङगलादेश र भुटान मिलेर सडक संचालनका कार्य थालनी भएका छन् । सञ्चारका क्षेत्रमा नेपाल–भारत र नेपाल–चीनमा अप्टिकल फ्राइवर सञ्चालन जोडिएको छ । यसरी हामी हाम्रा छिमेकीहरुसँग विद्युत, सडक र सञ्चार क्षेत्रमा एकअर्कासँग जोडिने काम गरिरहेका छौं । पछिल्लो समय भारत र चीनसँग जोडिन खोजिएको रेल चर्चाकाे बिषय बनेको छ । यसका विषयमा विभिन्न खालका टिका टिप्पणी हुन थालेका छन ।

 

ठुला परियोजना निमार्ण गर्दा प्रयाप्त छलफल बहष यसका लाभ-हानी के कति हुन् । यसले देशको सामाजिक आर्थिक परिवर्तनमा के- कस्तो खालको प्रभाव पार्छ । लगायतका विषयमा छलफल हुनु सह्रानिय कुरा हो । तर यस्ता परियोजनाको सुरुवातमा नै नकरात्मक टिप्पणी मात्र गर्नु समृद्धिको यात्रालाई अवरोध पुर्याउनु मात्र हो ।

 

यातायातका विभिन्न साधनमध्ये सामान ढुवानीका निम्ति सस्तो माध्यम पानीजहाज त्यसपछिका सस्तो साधन रेल हो । नेपालको ढुवानी सडक र हवाईको माध्यमबाट मात्रै हुन्छ । जुन ढुवानी लागतले मात्रै पनि वस्तु तथा सेवाको मुल्य मह्रगो हुन पुग्छ । सरकारले रेल सञ्जाल देशैभरि जोडने कार्यलाई प्रथामिकताका साथ अगाडी बढाएको छ । दुवै देशसँग रेल संजालबाट जोडिने प्रयास सुरु गरेको छ । पछिल्लो समय नेपालमा चिनिया रेल र भारतीय रेलको बिषयले बढि चर्चा पाउन थालेको छ ।

 

चिनिया रेलः

चीन संसारको सवैभन्दा ठुलो अर्थतन्त्र भएको मुलक हो । निर्यात व्यापारमा पनि पहिलो स्थानमा छ । चीनले रेलको क्षेत्रमा गरेको अतभुत विकाशले संसारको जस्तो जुकै भुगोलमा रेल पुर्याउन सकिन्छ भने कुरा xining – colmud – lhasa रेलको उच्च विन्दु ५०६८ मिटरको उचाइ बाट रेल पार गर्छ । जसका कारण चिनिया रेल नेपालको पहाडै पहाडको भुगोलमा पनि निर्माण र संचालन गर्न सकिन्छ भन्ने कुरा पुष्टि गर्छ । चिनिया रेलको संजाल देशभित्र १,२१,००० किमि भन्दा ज्यादा छ । जसमध्ये करिव १९००० किमि मा उच्च गतिको रेल सञ्जाल रहेको छ ।

 

जुन प्रतिघण्टा ३५० किमिको गतिमा यात्रा तय गर्दछ । चीन सरकारले आफ्नो व्यापार वृद्धि गर्न पुरानो सिल्क रोडलाई One belt one Road  परियोजना मार्फत एसिया, अफ्रिका र युरोपसँग सडक र रेल तथा जलयातायात मार्फत सञ्जाल निर्माण गरिरहेको छ । नेपालको तर्फबाट पनि यस परियोजनामा सहभागी हुन प्रतिवद्धता सहितको सम्झौता भएको छ । जसका कारण चिनिया रेल नेपालमा आउने सम्भावना अत्याधिक र अावश्यक पनि छ । राज्यले रेल परियोजना निर्माणको क्रममा उक्त रेल चिनिया रेलको प्राविधिक पक्ष राम्ररी अध्यायन गर्नुपर्दछ । विशेषः चीनमा सञ्चालन भइरहेको रेल स्टान्डर्ड गेज हो ।

 

चीनमा सञ्चालनमा रहेको उच्च गतिको रेल निर्माण लागत प्रतिकिलोमिटर ( १७–२१) मिलियन डलर पर्दछ । यस्तै प्रकारको रेल निर्माण युरोपमा प्रति किमि (२५–३९) मिलियन डलर तथा अमेरिकामा ५६ मिलियन डलर पार्न आउदछ । तुलनात्मक रुपमा चिनमा निर्माण लागत सस्तो देखिएको छ । नेपालले छिमिकी भारत पनि रेल सञ्जाल विस्तार गरिरहेको छ । इष्ट इन्डिया कम्पनीको समय देखि नै विभिन्न रुटमा नेपाल–भारत रेल सेवा संचलानमा थिए ।

 

रक्सौल–अम्लेखगञ्ज, जनकपुर–जयनगर जस्ता रुटमा रेल सञ्जाल जोडिएको थियो । भारत विश्वको चौथो ठुलो रेल सञ्जाल भएको मुलुक हो । जसको ६७,३६८ किमि रेल सञ्जाल छ बिशेषत भारत व्रोडगेज रेल सञ्जाल भएको मुलुक हो । नेपाल र भारतबीच विभिन्न व्यापारिक नाकाहरुसँग रेल लिङ्क जोडिएका छन् ।

 

सरकारले जयनगर जनकपुर हुर्दै बर्दिवाससम्म रेलको लिङ्क पुनःनिर्माण र नयाँ निर्माण गरिरहेको छ । साथसाथै नेपाल सरकारले पुर्व-पश्चिम विद्युतिय रेल निर्माणको प्रक्रियालाई अगाडी बढाएको छ । यस्ता परियोजना निर्माणले देशको अर्थतन्त्रमा व्यापक मात्रामा वृद्धि हुनसक्छ । नेपाल र भारत बीच हुने व्यापारलाई सरल र सस्तो ढुवानीको रुपमा रेल यातायात उपयोगी साधन बन्न सक्दछ ।

 

नेपालसँग सिमा जोडिएका भारतका उत्तरप्रदेश , बिहार तथा बंगालको जनसङख्या भारतको कुल जनसंङख्याको एक तिहाई जनसंङख्या हुन आउदछ । अर्काे तर्फ भारत र चीन बिच बर्षेनी व्यापार बढदो क्रममा छ । भारतको उत्तर क्षेत्रको उच्च उपभाेक्तालाई लक्षित गरी चीन व्यापार विस्तार गर्न चाहन्छ । समुद्रको मार्गबाट व्यापार गर्न लामो मार्ग, झन्झटिलो प्रक्रिया र ढुवानी लगायतको कारण वस्तु तथा सेवाको मूल्यमा हुने वृद्धिले प्रतिस्पर्धा गर्न कठिनाइ सृजना भइरहेको छ ।

 

भारत र चीन जमिनबाट जोडिएता पनि उसका नाकाहरु सदावार संचालन गर्न सक्ने खालका छैनन् । चीन, नेपाल हुँदै छोटो दुरीमा भारतको विशाल बजारमा प्रवेश गर्न चाहान्छ ।

 

जसको परिणम स्वरुप रसूवा–काठमाडौं–पोखरा हुदैँ लुम्बिनीसम्म रेल बनाउने कुरा गरिरहेको हुनसक्छ । जसले गर्दा ढुवानी लागत कम हुन गइ मालसमानको मुल्य सस्तो पार्न जान्छ । यदि चीनले आफ्नो व्यापार नेपालको बाटो हुदैँ भारतमा सहज प्रवेश र व्यापार गर्न पाउँदछ भने चिनिया रेल अबको केही बर्ष भित्रै बन्ने सुनिश्चित छ । र व्यापारको सम्भावना नभएमा चिनिया रेल नेपालले कयौ बर्ष कुर्नु पर्ने पक्का छ।

प्रमुख समाचार

कर्मचारी

View All