ताजा समाचार

News

कञ्चनपुर बलात्कारकाण्ड : दोषीमाथि कारबाही गर्न सांसदको माग

२०७५ श्रावण १३ आइतबार
image not found

काठमाडौं, साउन १३ -

प्रतिनिधिसभाको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन्। आइतबारको बैठकमा शून्य समयमा बोल्दै उनीहरूले सो कुराको माग गरेका हुन्। अधिकांश सांसदले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकाहरूलाई कडाभन्दा कारबाही गरिनुपर्नेमा जोड दिएका हुन्।

दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले कञ्चनपुरमा विरोध गरिरहेका छन्। गत शुक्रबार १३ वर्षीया निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेर उखु बारीमा फालेको अवस्थामा फेला परेको थियो।

सांसद डिला संग्रौला, तेजुलाल चौधरी र दीपकप्रसाद भट्टले तत्काल दोषीलाई पक्राउ गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन तथा महिला र बालिका बलात्कारको घटना हुन नदिन सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरे।

सांसद नीरुदेवी पालले पनि तीन दिन पहिले बलात्कार गरी हत्या गरिएकी पन्त परिवारलाई क्षतिपूर्ति दिन र पीडकलाई सर्वस्वसहित कडा कारवाही गर्न माग गरिन्। सांसद दिलेन्द्रप्रसाद बडूले अभियुक्तलाई अझै कारबाही हुन नसकेकामा आपत्ति जनाउँदै शिघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन आग्रह गरे।

प्रमुख समाचार

कर्मचारी

View All