ताजा समाचार

News

बिमस्टेक सम्मेलनको तयारी तीब्र

२०७५ श्रावण १३ आइतबार
image not found

काठमाडौँ, साउन १३ गते -

आगामी भदौ १४ र १५ गते काठमाडाँैमा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास ( बिमस्टेक ) को चौथो सम्मेलनको तयारीलाई अगाडि बढाइएको छ । परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालका अनुसार वैठकमा भाग लिनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरूको उपस्थितिको सुनिश्चितता भएको छ । तिथि अनुकूलता पहिले नै लिएकाले हो । अहिलेसम्म सुनिश्चिततामा कुनै परिवर्तन आएको छैन । आसन्न बैठकका लागि संगठनको लोगो परिवर्तन गर्ने निर्णय अनुसार सदस्य राष्ट्रले तीन–तीनवटा लोगोेको डिजाइन तयार गरेर पठाएका छन् । तीमध्ये उत्कृष्ट छनोट हुनेछ ।


आगामी बैठकमा के के विषयमा छलफल केन्द्रित गर्ने भन्ने विषय भने बैठकले औपचारिक रूपमा सुरु हुनुअघि सदस्य राष्ट्रका प्रतिनिधिहरु बसेर नै तय गर्ने छन् । यद्यपि विगतका बैठकको निर्णयहरूको कार्यान्वयको अवस्थामा छलफल हुने छ । 


विमस्टेकले यातायात र सञ्चार, पर्यटन, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध, वातावरण र विपद् ब्यवस्थापन, ऊर्जा, जनस्वास्थ्य, कृषि, व्यापार र लगानी, प्रविधि, मत्स्य विकास, गरिबी निवारण, जनता जनताबीचको सम्बन्ध, जलवायु परिवर्तन र सांस्कृतिक सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ । प्राथमिकतामा परेको सबै विषयमा छलफल हुने प्रवक्ता ढकालको भनाइ रहेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All