ताजा समाचार

News

पोखरामा ‘फर्स्ट हिमालयन माउण्टेन क्रस कन्ट्री च्यालेञ्ज’ हुने

२०७५ श्रावण १३ आइतबार
image not found

पोखरामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ खेल ‘फस्र्ट हिमालयन माउण्टेन क्रस कन्ट्री च्यालेञ्ज’ आयोजना हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघले मित्रराष्ट्र चीनको कुन्मिन नगरको सहयोगमा प्रतियोगिता गर्ने भएको हो । कार्यक्रमलाई पश्चिमाञ्चल होटल संघ पोखराले सघाउने भएको छ । आउँदो सेप्टेम्बरमा हुने प्रंतियोगिताको नारा ‘रन फर लभ’ राखिएको छ ।

संघका अध्यक्ष विश्वशंकर पालिखे र माउण्टेरिङ एसोसियसनका अध्यक्ष झाङ सिले शनिवार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ४२ किलोमिटरको दूरीमा दौड, साइक्लिङ र पौडी समावेश हुने यो प्रतियोगिता पोखराको लेकसाइडबाट सुरु भई मट्टिखान कुभिण्डे, फुस्रेखोला, डेभिडफल हुँदै लेकसाइड आएर अन्त्य हुनेछ । यो दौडमा एउटा समूहमा कम्तीमा एक महिला सहित ३ जना सहभागि हुनेछन् । कुन्मिन माउन्टेरिङ एसोसियनका विज्ञहरुले लामो स्थलगत अध्ययनपछि दौडको लागि यो क्षेत्र चयन गरेका हुन् ।

प्रतियोगितामा करिव तीन सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा चीनको कुन्मिनबाट मात्रै करिब ४० खेलाडी सहभागी हुनेछन् । कुन्मिनसँग भगिनी सम्बन्ध रहेका विश्वका अन्य ४० ठाउँबाट पनि खेलाडीहरु आउनेछन् ।

‘पोखराको पर्यटन प्रवद्र्धन गर्नको लागि हामीले थालेको यो सानो प्रयास हो’, सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा पालिखेले भने, ‘पोखराको पर्यटन प्रवद्र्धनको लागि यो प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास लिएका छौं ।’

प्रतियोगिताको चिनिया मिडियाबाट हुने प्रवद्र्धनले पर्यटन उद्योगलाई ठूलो टेवा पुग्ने उनको दावी थियो । एसोसियसनका अध्यक्ष सिले प्रंतियोगिताले नेपाल र चीनबीचको सम्बन्ध अझ प्रगाढ बनाउने  बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पर्यटन प्रवद्र्धनको लागि निजी क्षेत्रले खेलेको भूमिकालाई राज्यस्तरबाट पनि मूल्याङ्कन हुनु पर्ने बताए ।

प्रमुख समाचार

कर्मचारी

View All