ताजा समाचार

News

तीन वर्षभित्र पूर्व पश्चिम राजमार्ग चार लेनको हुने

२०७५ श्रावण १३ आइतबार

सरकारले पूर्व पश्चिम राजमार्ग चार लेनको बनाउने तयारी थालेको छ। एक हजार किलोमिटर लामो दुई लेनको राजमार्गमा गाडीको चाप र दुर्घटना जोखिम बढेपछि चार लेनको बनाउने तयारी भएको हो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आउँदो ३ वर्षभित्र चार लेनमा विस्तार गर्नेगरी योजना अघि बढाएको छ। राजमार्गलाई चार लेनको बनाउनका लागि टेण्डर आह्वान हुन लागेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार बुटवलदेखि काँकडभिट्टासम्म पहिलो  र बुटवलदेखि कञ्चनपुरसम्म दोस्रो चरणमा निर्माण हुनेछ । कमलादेखि लौकीसम्मको डिपीआर तयार भइसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले चार वर्षभित्र मदन भण्डारी राजमार्ग, ३ वर्षभित्र मध्य पहाडी लोकमार्ग र ४ वर्षभित्र तराईको लाइफलाइन मानिने हुलाकी राजमार्गको निर्माण बनिसक्ने पनि दावी गरेको छ। 

प्रमुख समाचार

कर्मचारी

View All