ताजा समाचार

News

आयोगको प्रतिवेदन नमान्ने भन्दै कार्कीमाथि नै छानबिन गर्न त्रिवि पदाधिकारीको माग

२०७५ श्रावण १३ आइतबार
image not found

काठमाडौं -

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन नमान्ने घोषणा गरेका छन् । उनीहरुले प्रतिवेदनमाथि नै प्रश्न उठाउँदै छानबिनको माग गरेका छन् ।

पूर्वन्यायाधीश समेत रहेका कार्कीले पूर्वाग्रही रुपमा कारबाहीको सिफारिस गरेको भन्दै उनीमाथि नै छानविन गर्न त्रिविका पदाधिकारीले माग गरेका हुन् ।सरकार र डा. गोविन्द केसीबीच पछिल्लोपटक भएको नौबुँदे सहमतिमा कार्की आयोगको प्रतिवेदनले दोषी ठहर गरेकाहरुमाथि २ महिनाभित्र कारबाही प्रक्रिया सुरु गरिने उल्लेख छ ।

कार्की आयोगको प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया, रेक्टर सुधा त्रिपाठी, रजिष्टार डिल्ली उप्रेतीलाई बर्खास्त गर्न र भविष्यमा सरकारी लाभको पदमा नियुक्त नगर्ने निर्णय पर्न सिफारिस गरेको छ ।

त्रिवि पदाधिकारीले शनिबार विज्ञप्ति निकालेर कार्की आयोगको प्रतिवेदन अवैधानिक भएको दाबी गरेका छन् ।  विज्ञप्तिमा कार्यादेश विपरित त्रिवि पदाधिकारी र कर्मचारीको प्रतिष्ठामा आँच आउने गरी कारबाहीको सिफारिस गरेको भन्दै प्रतिवदेनमाथि विश्वविद्यालयको सदैव असहमति रहेको उल्लेख छ ।

विज्ञप्तिमा कार्कीको कार्य न्यायिक मूल्य र मान्यता विपरित भएको दाबी गरिएको छ । कार्कीमाथि नै छानबिन गर्न पनि माग गरिएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All