ताजा समाचार

News

क्यालिफोर्नियाको जंगलमा आगो, ५ को मृत्यु, १७ वेपत्ता

२०७५ श्रावण १३ आइतबार
image not found

१३ साउन -

अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य १७ जना सम्पर्क बाहिर छन् । आगलागीको चपेटामा परेर दशौं हजार व्यक्ति विस्थापित भएका छन् । आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई अग्नि नियन्त्रकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आगलागीबाट कम्तिमा पाँच सय भवनमा क्षति पुगेको र हजारौं घरहरु खरानी हुने खतरा रहेको समाचारमा उल्लेख छ । आगो १९४ वर्ग किलोमिटरसम्म फैलिएको छ जुन सान फ्रान्सिस्को क्षेत्रफलभन्दा धेरै हो ।

प्रमुख समाचार

कर्मचारी

View All