ताजा समाचार

News

भारतमा बस खस्दा ३३ जनाको ज्यान गयो

२०७५ श्रावण १२ शनिबार
image not found

मुम्बई-

विश्वविद्यालयमा कार्यरत् कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको उक्त सडक दुर्घटनामा बसमा यात्रारत् एकजनामात्र जीवित रहेको जानकारी प्राप्त भएको छ । दुर्घटनाग्रस्त बसले दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई लिइ प्रसिद्ध पहाडी वनभोजस्थल महावालेश्वर गएको घटनामा बाँच्न सफल एक कर्मचारीले स्थानीय प्रशासनलाई बताएका राइगढ जिल्ला प्रशासन कार्यालयका विजय सुर्यवंशीले एएफपीलाई बताए ।

भारतीय राष्ट्रिय विपद् व्यवस्थापन बलका कमान्डर अनुपम श्रीवास्तवले एएफपीसँग भने–‘बसमा यात्रारत् ३३ जनाको मृत्यु भएको छ भने एकजनाले सकुशल रहेको प्रहरीले पुष्टि गरेको छ । मृतक सबैजनाको शरीरलाई स्थानीय र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट उद्धार भइरहेको छ ।’

दुर्घटनास्थल विकट पहाडी क्षेत्रमा भएको र दुर्घटनामा बाँच्न सफल एक यात्रीले दुर्घटनाबारे जानकारी गराएको उनले बताए  भारतको पहाडी क्षेत्रमा रहेको कमजोर सडक संरचना, चालकहरूको लापरबाही र पूराना गाडीहरूका कारण देशभर हरेक वर्ष एक लाख ५० हजार यात्रीले ज्यान गुमाउने गर्छन् ।

यसै महिनाको सुरुमा पनि भारतको उत्तरी क्षेत्रमा भएको सडक दुर्घटनामा ४८ जनाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए । रासस/एएफपी

प्रमुख समाचार

कर्मचारी

View All