ताजा समाचार

News

प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता सम्पन्न, १२ जना पूर्व राष्ट्रिय खेलाडी सम्मानित

२०७५ श्रावण १२ शनिबार
image not found

काठमाडौं –

प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिता प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सम्पन्न भएको हो । काठमाडौंको बसुन्धारस्थित चन्द्रबिन्दु स्कुलमा आयोजना भएको प्रतियोगिताको उद्घाटन शुक्रबार वरिष्ठ खेलाडी बैकुण्ठ मानन्धरले गरेका थिए ।

 

उद्घाटन कार्यक्रममा मानन्धरले नेपालका मौलिक रैथाने खेल बाघचाल प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै अन्य यस्तै खेलहरुको खोजी गरी मुलधारमा ल्याउनुपर्ने बताए ।  उनले भने, ‘बाघचाल जस्तै अन्य मौलिक खेलहरुलाई प्रवद्र्धन गर्न राज्यले पनि विशेष ध्यान दिनुपर्छ ।’ नेपालको संस्कृतिसँग जोडिएका खेलहरुको प्रचारप्रसार गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

शुक्रबार प्रथम र दास्रो चरणका खेलहरु भएका थिए । शनिबार तेस्रो, चौथो र फाइनल खेल भएको हो । खेल दुई उमेर समूहमा विभाजन गरिएको थियो । फाइनलमा उमेर समूह अन्तर्गत १८ वर्ष मुनिका रेहान मिया प्रथम भएका छन् ।

त्यस्तै, दोस्रो र तेस्रोमा क्रमशः विवश खकुराल र पासाङ तामाङ विजयी भएका छन् । १८ वर्ष माथि उमेर समूहमा सागर महर्जन प्रथम भएका छन् भने पानभाई पोडे र विष्णु थिङ क्रमशः दोस्रो र तेस्रो भएका छन् । बाघचाल प्रतियोगितामा १ सय १४ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा ८ वर्ष उमेरदेखि ८४ वर्षसम्मका खेलाडीहरुको सहभागिता रहेको आयोजक प्रगतिवादी युवा समाज नेपालका सचिव समिर गौतमले बताए । उनले यो कार्यक्रमलाई आउँदो वर्षहरुमा अझ भव्यताका साथ अगाडि बढाउने बताएका छन् । पुरस्कार वितरणमा १२ जना पूर्व राष्ट्रिय खेलाडी र बाघचालको कम्युटर गेम बनाउने रघुनाथ ढुङ्गेललाई सम्मान गरिएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All