News
क्यालिफोर्नियामा डढेलोका कारण हजारौं मानिस प्रभावित, दुईजनाको मृत्यु
२०७५ श्रावण १२ शनिबार

काठमाडौं-
संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी क्षेत्रको जंगलमा फैलिएको डढेलोका कारण हजारौं मानिस प्रभावित भएका छन् । शास्ता काउन्टीमा फैलिएको डढेलोमा परी दुईजना अग्नि नियन्त्रकको मृत्यु भएको छ ।
करिब ३७ हजार मानिस आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । तीनजना मानिस हराइरहेका छन् । हावाहुरीका कारण डढेलो थप क्षेत्रहरुमा सल्किरहेको अधिकारीहरुले जनाएका छन् ।
क्यालिफोर्नियामा यो डढेलो विगत १० वर्षयताकै सबैभन्दा खराब मानिएको छ । (एजेन्सी)