ताजा समाचार

News

उडिरहेको जहाजका पाइलटबीच नै हात हालाहाल भएपछि...

२०७५ श्रावण ११ शुक्रबार
image not found

इराकी एयरवेजका दुई जना पाइलटबीच जहाज उडिरहेकै बेला हात हालाहाल भएको समाचारसार्वजनिक भएको छ । बुधबार इरानको मशद विमानस्थलबाट इराकका लागि उडेको इराकी एयरवेजकाे एउटा जहाज ३७ हजार फीटमा उडिरहेका बेला सामान्य भनाभनबाट सुरु भएको दुई पाइलटको झगडा हात हालाहालको अवस्थासम्म पुगेको थियो । 

 

जहाजमा एक सय ५७ जना यात्रु सवार थिए । विमानले तुर्कमेनिस्तान र अफगानिस्तानको सीमामाथि जहाज उडिरहेका बेला पाइलटहरु एक आपसमा लडेका हुन् । दुई पाइलटबीचको झगडाले उडान नै जोखिममा परेकाले विमानमा रहेका सुरक्षा गार्डले दुई पाइलटलाई छुट्याएका थिए । 

 

घटना घटेको एक दिनपछि इराकको यातायात मन्त्रालयले घटनाको छानविन गरेको बताएको छ । साथै मन्त्रालयले ती दुई पाइलटलाई उडान भर्नबाट प्रतिबन्ध लगाएको समेत जनाएको छ । सन् २०१५ देखि इराकी एयरवेजलाई सार्वजनिक सुरक्षा मापदण्ड पूरा नगरेकाले युरोपेली आकाशमा उडान गर्न प्रतिबन्ध लगाइएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All