ताजा समाचार

News

पवन बने दाेहाेराे शतक बनाउने विश्वकै दोस्रो यु-१९ ब्याट्सम्यान

२०७५ श्रावण १० बिहिबार
image not found

श्रीलंका विरुद्धको दोस्रो यु–१९ टेस्ट क्रिकेटमा भारतका पवन शाहले दोहोरो सतक प्रहार गरेका छन् ।यु–१९ मा दोहोरो सतक प्रहार गर्ने पवन विश्वको दोस्रो तथा भारतको पहिलो व्याट्सम्यान समेत भए ।हम्बनटोटामा जारी युवा टेस्ट क्रिकेटमा पवन शाहले आज २८२ रन बनाएका हुन् ।  पूणेमा जन्मिएका शाहले १२ बर्ष अघि भारतीय खेलाडीले बनाएको रेकर्ड पनि तोडेका छन् ।उनले उत्तर प्रदेशका तन्मय श्रीवास्तवको नाममा रहेको २२० रनको रेकर्ड तोडेका हुन् । श्रीवास्तवले पाकिस्तान विरुद्ध स्न २००६ मा यो रेकर्ड बनाएका थिए ।

 

पहिलो दिन १७७ रनमा नट आउट रहेका शाहले दोस्रो दिन दोहोरो सतक बनाएका हुन् । तेहोरो सतक बनाउन १८ रन बाँकी रहेका बेला आउट भएका उनले २८२ रन जोडे । ३३२ बल खेलेका शाहले ३३ चौका र एक छक्का प्रहार गरे  । यु– १९ टेस्टमा अष्ट्रेलियाका के क्लिंटन पीकेले सर्वाधिक रन बनाएका थिए । उनले १९९५ मा भारत विरुद्ध ३०४ रन नटआउट जोडेका थिए । जुन युथ टेस्टमा अहिले सम्मकै एकामात्र तेहेरो सतक हो । शाहको उत्कृष्ट व्याटिङसँगै भारतले ६१३ रन बनाएर पारी समाप्त भएको घोषणा गरेको थियो ।

प्रमुख समाचार

कर्मचारी

View All