ताजा समाचार

News

नेपाललार्इ १ सय ६९ रनको लक्ष्य

२०७५ श्रावण ८ मंगलबार
image not found

काठमाडौँ -

यूरोप भम्रणको दोस्रो अभ्यास खेलमा लन्डनको सेन्ट क्रस साइमोन्डियन्स क्रिकेट क्लबले नेपाललार्इ १ सय ६९ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित २० अोभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो।

नियमित कप्तान पारस खड्कालार्इ अाराम दिइएको यस टी-२० खेलको कप्तानी ज्ञानेन्द्र मल्लले गरिरहेका छन्। पारसले यसअघि भएको पहिलो ह्याम्पशायर होग्स क्रिकेट क्लबविरुद्धको पहिलो एक दिवसीय अभ्यास खेलमा १ सय ६१ रनको पारी खेलेका थिए।

शनिबार राति सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले हैम्पशायर होग्सलार्इ २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। कप्तान पारसले १ सय ६ बलको सामना गर्दै १ सय ६१ रन जोडेका थिए। सो क्रममा पारसले १९ चौका र ७ छक्का प्रहार गरेका पारसलार्इ अाजको दोस्रो खेलमा भने अाराम दिइएको हो।

प्रमुख समाचार

कर्मचारी

View All