ताजा समाचार

News

नरेन्द्र मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव अस्वीकृत

२०७५ श्रावण ६ आइतबार
image not found
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । भारतीय संसदको तल्लो सदन लोकसभामा अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुँदा पक्षमा १२६ सांसद तथा विपक्षमा ३२५ सांसदको समर्थन रह्यो । सन् २०१४ मा सत्ता सम्हालेयता मोदीविरुद्ध पहिलो पटक संसदमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । ध्वनी मतले फैसला नभएपछि संसदमा मतदान नै गरिएको थियो ।
 
मतदान पूर्व प्रधानमन्त्री मोदीले सदनमा प्रस्तावमाथि चर्चा गर्दै विपक्षीको कडा आलोचना गरेका थिए । विपक्षीसँग कुनै मुद्दा नभएपछि मोदी हटाउ मुद्दामा ओर्लेको भन्दै उनको टिप्पणी थियो । उनले बोलिरहँदा तेलूगु देशम पार्टी र अरु विपक्षी दलका सांसदले नाराबाजी गरेका थिए ।
 
विपक्षी सांसदहरुले भने मोदीको आलोचना गर्दै उनी विश्वकै उत्कृष्ट अभिनेता रहेको बताएका थिए । ५४३ सिट रहेको लोकसभामा भाजपा एक्लैको बहुमत रहेको छ । जसको २७२ं सांसद छन् । 
 

प्रमुख समाचार

कर्मचारी

View All