ताजा समाचार

News

खेल समाग्री तथा पोशाक वितरण

२०७५ श्रावण ६ आइतबार
सेन्ट्रल मिडिया प्रालि खिचापोखरी काठमाण्डौँले राष्ट्रिय भलिबल टिमका खेलाडीलाई खेल समाग्री तथा पोशाक वितरण गरेको छ । आउँदो भदौँ २गतेदेखि ईन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकुद प्रतियोगिताका लागि महेन्द्रनगर कर्बडहलमा प्रशिक्षण लिईरहेका खेलाडीको हौसलाका लागि खेल समाग्रीका साथै पोशाक वितरण गरिएको हो । 
 
सेन्ट्रल मिडिया प्रालिका संचालक नरेन्द्र शाह, होटेल ओपेराका संचालक खगेश्वर बोहरा र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेर सिह चन्दले खेलाडीलाई उक्त समाग्री हस्तान्तरण गरेका थिए । राष्ट्रिय भलिबलका कोच जगदिश प्रशाद भट्टले यसरी खेलाडीलाई निजी क्षेत्रबाट गरिएको सदभावले हौसला प्रदान भएको बताए । सरकारले २०७४ सालदेखि भलिबललाई राष्ट्रिय खेलकुदका रुपमा लिएको थियो । 
 

प्रमुख समाचार

कर्मचारी

View All