ताजा समाचार

News

विश्वकपमा अहिलेसम्म २०५ पहेँलो कार्ड

२०७५ असार २७ बुधबार
image not found

३२ राष्ट्रले सहभागिता जनाएको रसिया विश्वकपमा ६ टिमले १० भन्दा बढी पहेँलो कार्ड पाएका छन् । सन् १९९८ पछि पहिलोपटक सेमिफाइनल स्थान पक्का गरेको क्रोएसियाले सर्वाधिक १२ पहेँलो कार्ड पाएको छ ।

रसिया विश्वकपमा अब बेल्जियम र फ्रान्सबीचको खेलसँगै ३ खेल मात्र बाँकी हुनेछन् । मैदानमा खेलाडीले फेयर प्ले नदेखाउँदा रेफ्रीले तत्कालै चेतावनीस्वरूप पहेँलो कार्ड देखाउने गरेका छन् । विश्वकपमा समूह चरणदेखि क्वार्टरफाइनलसम्ममा कुल ६० खेल भएका छन् । जसमा खेलाडीले २ सय ५ पहेँलो कार्ड पाएका छन् ।

यसपटक ४ वटा रातो कार्ड देखाइएका छन् । कोलम्बियाका कार्लोस सान्चेज विश्वकपकै पहिलो रेड कार्ड पाउने खेलाडी बनेका थिए । लगातार खेलमा पहेँलो कार्ड खाँदा १४ खेलाडी सस्पेन्ड भएका छन् । यसैगरी, ६० खेलमा १ सय ५७ गोल भएका छन् ।

६ टिमले पाए १० भन्दा बढी पहेँलो कार्ड
३२ राष्ट्रले सहभागिता जनाएको रसिया विश्वकपमा ६ टिमले १० भन्दा बढी पहेँलो कार्ड पाएका छन् । सन् १९९८ पछि पहिलोपटक सेमिफाइनल स्थान पक्का गरेको क्रोएसियाले सर्वाधिक १२ पहेँलो कार्ड पाएको छ । प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको अर्जेन्टिनाले ११ पहेँलो कार्ड बेहोर्‍यो । इंग्ल्यान्डसँग समूह चरणमा ६–१ ले पराजित भएको पानामाले पनि ११ पहेँलो कार्ड नै पायो ।

३ राष्ट्रका समान १० कार्ड
विश्वकपमा ३ राष्ट्रले समान १० पहेँलो कार्ड पाएका छन् । अन्तिम १६ बाटै बाहिरिएको कोलम्बियाले ९ पहेँलो तथा एक रातो कार्ड पाएको छ । प्रिक्वार्टरफाइनलसम्म पुगेको स्विट्जरल्यान्डले पनि १ रातो तथा ९ पहेँलो कार्ड बेहोर्‍यो । समूह चरणमा जर्मनीमाथि २–० को सनसनीपूर्ण जित निकालेको दक्षिण कोरियाले १० पहेँलो कार्ड पाएको फिफाको रेफ्री कमिटीले जारी गरेको तथ्यांकमा उल्लेख छ । रेफ्रीले प्रतिखेलमा औसत ३.४२ प्रतिशत पहेँलो कार्ड देखाएका छन् ।

स्लोभानियाका रेफ्री स्कोमिना कठोर
विश्वकप सञ्चालन गरिरहेका रेफ्रीमध्ये स्लोभानियाका दमिर स्कोमिना अहिलेसम्मकै कठोर रेफ्री बनेका छन् । प्रतियोगितामा उनले केवल ३ खेल मात्र सञ्चालन गरेका छन् । यसक्रममा उनले दुई खेलाडीलाई रातो कार्ड देखाए । विश्वकपको पहिलो रेड कार्ड पनि उनले नै देखाएका थिए । यसका साथै स्कोमिनाले ८ खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए ।

प्रमुख समाचार

कर्मचारी

View All