ताजा समाचार

News

पहाडमा ठोक्कियो विमान

२०७५ असार २७ बुधबार
image not found

२७ असार, काठमाडौं -

अमेरिकाको लस एन्जलसमा ११ जना सवार एक विमान दुर्घटना भएको छ । तर, भाग्यबस सबै सकुशल छन् । अमेरिकाको दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए । करिब दुई हजार फुटको उचाइमा उडिरहेको विमान अलास्का पहाडमा ठोक्किएको थियो । विमानमा सवार ११ जना घाइते मात्र भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

विमानमा गडबडी आएको जानकारी पाइलटले दिएका थिए । त्यसलगत्तै तटरक्षकहरुले दुई हेलिकोप्टर विमानतर्फ पठाएका थिए । उनीहरुले तुरुन्तै दुर्घटनास्थलबाट सबैलाई उद्धार गरेका थिए ।

प्रमुख समाचार

कर्मचारी

View All