ताजा समाचार

News

२० वर्षपछि क्रोएसिया सेमिफाइनलमा

२०७५ असार २५ सोमबार
image not found

विश्वकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा आयोजक रसियालाई हराउँदै क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । प्रतिस्पर्धात्मक क्वार्टरफाइनल भिडन्तमा निर्धारित तथा अतिरिक्त समयमा २–२ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो ।

जसमा क्रोएसियाले आयोजक रसियालाई ४–३ ले हराउँदै अन्तिमा चार स्थान पक्का गरेको हो । प्रिक्वार्टरफइनलमा पनि क्रोएसियाले टाइब्रेकरमा डेनमार्कलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो ।

टाइब्रेकरमा क्रोएसियाका गोलरक्षक डानिजेल सुबासिकले रसियाको एक प्रहार रोकेका थिए । स्मोलोभले प्रहार गरेको पहिलो पेनाल्टी नै सुबासिकले छेकेका थिए ।

त्यसपछि फर्नान्डेजको प्रहार क्रसबारभन्दा माथि गयो । फर्नान्डेजको असफल पेनाल्टी प्रहारसँगै क्रोएसिया २० वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्यो । टाइब्रेकरमा रसियाका लागि जागोभ, इग्नासेभिक र कुजिएभले गोल गरेका थिए ।

क्रोएसियाका लागि ब्रोजोभिक, जुका मोड्रिक, भिडा र इभान राकिटिकले गोल गर्न सफल भए । क्रोएसियाका क्रोभाकिको प्रहारलाई रसियन गोलरक्षकले छेके ।

रसियाको अग्रता

खेलको ३१औँ मिनेटमा चेरसिभले रसियालाई १–० को अग्रता दिलाए । तर, रसियाले अग्रता धेरैबेर टिकाउन सकेन । खेलको ३९औँ मिनेटमा क्रामरिकले गोल गर्दै क्रोएसियालाई १–१ को बराबरीमा ल्याए । अतिरिक्त समयमा पुनः क्रोएसियाले अग्रता लियो ।

भिडाले सय मिनेटमा गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । रसिया खेलको १ सय १५ मिनेटमा २–२ को बराबरीमा पुग्यो । यसपटक फर्नान्डेसले २–२ का लागि गोल गरेका हुन् ।

प्रमुख समाचार

कर्मचारी

View All