ताजा समाचार

News

ट्वेण्टी ट्वेण्टी क्रिकेटमा तीनवटा शतक प्रहार गर्ने खेलाडी बने रोहित

२०७५ असार २५ सोमबार
image not found

रोहित शर्मा ट्वेण्टी ट्वेण्टी क्रिकेटमा तीनवटा शतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । आइतबार राति इङ्ल्याण्डसँगको खेलमा एक सय रन बनाउँदै रोहितले ट्वेण्टी ट्वेण्टी क्रिकेटमा तीन शतक बनाउने पहिलो भारतीय र समग्रमा दोस्रो खेलाडीका रुपमा आफ्नो नाम लेखाएका हुन् । 

उनले ५६ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । रोहित र न्युजिल्याण्डका कालिन मुुनरोले मात्र ट्वेण्टी ट्वेण्टी क्रिकेटमा तीनवटा शतक प्रहार गरेका छन् । भारतका लोकेश राहुल २ सतक सहित छैटौं स्थानमा छन् । खलाको अन्तिम खेलमा म्यान अफ दी म्याच समेत भएका रोहित म्यान अफ दी सिरिज पनि भए । 

प्रमुख समाचार

कर्मचारी

View All