ताजा समाचार

News

ओबामा प्रशासनले लिएको नीति फिर्ता लिने तयारीमा डोनाल्ड ट्रम्प

२०७५ असार २० बुधबार
image not found
असार २०-
 
अमेरिकामा ट्रम्प प्रशासनले विश्व विद्यालयमा विविधता बढाउन बराक ओबामाका समयमा लिइएको नीति फिर्ता लिने तयारी गरेको छ ।
 
सकारात्मक विभेदका रुपमा एशियन–अफ्रिकनप्रति ओबामा प्रशासनले लिएको नीति फिर्ता गर्न लागिएको हो ।
 
अमेरिकी महान्यायाधिवक्ता जेफ सेसनले २४ बुँदे दस्तावेजलाई रद्द गरेसँगै ओबामा प्शासनले लिएको नीति खारेज हुने भएको हो ।
 
हार्वड युनभर्सिटीलाई एशियन–अफ्रिकन भर्नाका लागि सीमित गरिएको भन्ने आरोप लागेको थियो । सन् २०१६ मा सर्वोच्च अदालतले नै सकारात्मक विभेदका लागि आदेश नै दिएको थियो ।
 
तर त्यस्तो आदेश दिने न्यायाधीश एन्थनी केनेडीको पनि अवकाश भएको छ । अब न्यायाधीश नियुक्त गर्दा आफ्नो विचारसँग सहमत हुनेलाई नियुक्त गर्न पाउने अवसर पनि राष्ट्रपति डोनल्ड ट्रम्पलाई मिलेको छ ।
 
पूर्व राष्ट्रपति ओबामा प्रशासनले ल्याएको नीति लागु गर्न नपर्ने गरी कलेजहरुलाई ट्रम्प प्रशासनले छुट दिने भएको हो । 

प्रमुख समाचार

कर्मचारी

View All