ताजा समाचार

News

भारतीय महिलालाई नागरिकता दिलाउने नक्कली बाबु आमासहित वडा अध्यक्ष पक्राउ

२०७५ असार ८ शुक्रबार
अर्घाखाँची -
झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि शितगंगा नगरपालिका  १३ का वडाअध्यक्ष सहित तीनजना पक्राउ परेका छन् ।  वडा नम्वर १३ सिमलपानीका चुडामणि भाट क्षेत्रीले  श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपाली नागरिकता बनाउन झुठो विवरण दिएको भन्दै  कर्णबहादुर भाट क्षेत्री, मनि भाट क्षेत्री र  वडाअध्यक्ष दुर्गाबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको हो । 
 
भारतीय महिलालाई नागरिकता  प्रमाणपत्र दिलाउन कर्णबहादुर भाट क्षेत्रीले बुवा र मनि भाट क्षेत्रीले आमा बनेर झुटो विवरण पेश गरेर कीर्ते गरी नागरिकता दिलाएको भेटिएपछि उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिनुभयो ।
 
बुबा आमाको नाता कायम गरी  वडाध्यक्ष बिसीले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७४ साउन  २३ गते   नेपाली नागरिकताको प्रमाणपत्र बनाएका थिए  ।
नक्कली नागरिकता बनाउन लगाउन योजना बनाउने  चुडामणि भाट क्षेत्री भने फरार छन् ।

प्रमुख समाचार

कर्मचारी

View All