ताजा समाचार

News

योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने : मुख्यमन्त्री भट्ट

२०७५ असार ७ बिहिबार
image not found
योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७ का मुख्यमन्त्रीत्रिलोचन भट्टले बताउनु भयको छ । चौथो अन्तराष्ट्रि«य योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशका जनतालाई निरोगी बनाउन पनि योगलाई अभियानात्मक रुपमा संचालन गरिने बताउनु भयो । हरेक मानवको पहिलो सम्पत्ति भनेकै स्वास्थ्य भएको र स्वास्थ्य रहन योग गर्न जरुरी उहाले बताउनु भयो ।
 
आफ्ना गलत आनिवानी र खानपानलाई अहिले देखि ने त्याग्नुपर्ने तथा तपाई हामि स्वास्थ्य भयौ भने मात्रै प्रदेश स्वास्थ्य रहने र स्वास्थ्य प्रदेशले सम्बृधि र विकास पनि चाडो हुने भन्दै उहाले आफ्नो डाक्टर आफै बन्नु पर्ने बेला आएको र यसका लागि हरेक दिन योगा गर्न सबैमा आह्वान समेत गर्नु भयो ।
 
यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री दिर्घ सोडारीले ७ नम्वर प्रदेश का स्वास्थ्य समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको बताउनु भयो । विकट तथा दुर दराजका बस्तिहरुलाई पनि स्वास्थ्यको पहुँचमा ल्याउन सामाजिक विकास मन्त्रालय कटिवद्ध रहेको उहाको भनाई छ ।
 
चौथो अन्तराष्ट्रि«य योग दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरेको थियो । सरकारी, गैर सरकारी निकाय तथा सर्वसाधारणको उपस्थितिमा धनगढीको चौराहाबाट बिभिन्न योगमैत्री नारा सहित सुरु भएको ¥यालीले बजार परिक्रमा समेत गरेको थियो । ¥यालीका सहभागीहरुले सामाजिक विकास मन्त्रालयको प्राङ्घणमा योग अभ्यास समेत गरेका थिए ।
 

प्रमुख समाचार

कर्मचारी

View All