ताजा समाचार

News

पुनर्वासमा चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाईयो, योग प्रशिक्षण गरि कार्यक्रम सम्पन्न

२०७५ असार ७ बिहिबार
हेमन्त न्यौपाने 
पुनर्वास, असार ०७ 
 
चौथो अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम बिहिवार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका ३, आईबिआरडी बजारमा सम्पन्न भएको छ ।  विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइने भएको हो् । विश्व योग दिवस अन्तर्राष्ट्रिय योग दिवसलाई विश्व योग दिवसपनि भनिन्छ । 
 
पुनर्वासमा भएको यस प्रशिक्षण कार्यक्रमको अध्यक्षता पतञ्जली योग समिति पुनर्वासका अध्यक्ष छवि लाल खनियाले गर्नुभएको थियोभने प्रमुख अतिथिमा नगरप्रमुख जीवनराज थापा हुनुहुन्थ्यो । कार्यक्रमको स्वागत मन्तव्य विष्णु प्रसाद अधिकारीले राख्नुभएको थियोभने कार्यक्रमको सञ्चालन समितिका सचिव पुर्ण प्रसाद पौडेलले गर्नुभएको थियो । कार्यक्रम बिहान ६ बजे देखि ८ बजे सम्म औपचारिकरुपना सञ्चालन भएको थियो । 
 
कार्यक्रमका सभापति खनियाले योगको सोझो अर्थ हो जोड्नु हो । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ । शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि कुरा योगले दिने सभापति खनियाले बताउनुभयो । योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । 
 
 कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख थापाले  योगले राम्रो स्वास्थ्य बनाउने, कार्यक्षमतामा वृद्धि गर्ने, चिन्ताबाट छुटकारा दिने, मानसिक शान्ति दिने, रोग प्रतिरोध क्षमतामा वृद्धि गराउने लगायतका अनेकौं फाइदा हुने बताउनुभयो । उहाँले योग अनुशासन र शिष्टाचार व्यावहारमा लागू गर्न सिकाउने बताउनुभयो ।

प्रमुख समाचार

कर्मचारी

View All